दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै न्यून «

दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै न्यून

नयाँ दिल्ली-सोमबार दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै सस्तो कायम भएको छ । जनवरीपछि मूल्य पहिलो पटक प्रति लिटर ७० भारतीय रुपैयाँ कायम भएको हो ।
आइतबार पेट्रोल प्रति लिटर ७०.०७ रुपैयाँमा बिक्री भएको थिया । दिल्लीमा यस वर्षको यो भन्दा पहिलेको सस्तो मूल्य जनवरी ४ मा प्रति लिटर ६९.९७ रुपैयाँ कायम भएको थियो ।
दक्षिणी महानगर चेन्नाइमा पनि मूल्य २०१८ कै सस्तो अर्थात ७२.४८ रुपैयाँमा झरेको छ । यो आइतबारको ७२.७० रुपैयाँको दाजोमा कम हो । यो भन्दा पहिले यो सहरमा पेट्रोलको मूल्य सस्तो जनवरी ४ मा थियो । उक्त समयमा मूल्य ७२.५३ रुपैयाँ थियो ।
कोलकाता र मुम्बईमा मूल्य पहिलेनै २०१८ कै सस्तो भइसकेको छ । सोमबार यी सहरहरुमा मूल्यमा थप गिरावट आएर क्रमशः ७१.९६ रुपैयाँ र ७५.४८ रुपैयाँ कायम भएको छ । यी सहरहरुमा अघिल्लो मूल्य ७२.१६ रुपैयाँ र ७५.६९ रुपैयाँ थियो ।
विश्वव्यापी तेलको मूल्यमा देखा परेको पछिल्लो गिरावटलाई पछ्याउदै भारतमा पनि पेट्रोलको मूल्यमा गिरावट आएको हो ।
देशको गतिशिल मूल्य संयन्त्रका आधारमा आन्तरिक इन्धनको मूल्य अन्तर्राष्ट्रिय इन्धनका आधारमा १५ दिनको फरकमा औसतमा र रुपैयाँको मूल्यांकनमा निर्धारण गर्ने गरिन्छ ।
पेट्रोलसँग डिजलको मूल्यमा पनि गिरावट आएको छ । यो गिरावट भारतका सहरहरु दिल्ली, कोलकाता, मुम्बई र चेन्नाई सबैमा देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्