राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने «

राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताए ।


सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जिवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताए । राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उनले भने, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुठको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पतिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर ।

पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौं । राजनीति भोलि गरुँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।


नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्