नेप्सको सञ्जालमा युनियन पे चिप कार्ड «

नेप्सको सञ्जालमा युनियन पे चिप कार्ड

युनियन पे इन्टरनेसनलद्वारा जारी चिप पद्धतिमा आधारित कार्डहरू नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको सञ्जालमा सञ्चालित एटीएम तथा पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाएको छ । चिप पद्धतिमा आधारित कारोबारहरू म्याग्नेटिक पद्धतिमा आधारित कारोबारभन्दा बढी सुरक्षित र भरपर्दो हुन्छन् भन्दै कम्पनीले नेप्सले चिपमा आधारित युनियन पे कार्ड जारी गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्ने योजना अगाडि सारेको पनि जनाएको छ ।
नेप्स, १६ वटा बैंक तथा वित्तीय संस्थाहरूद्वारा संस्थापित एवं सञ्चालित, पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरूका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मका रूपमा विस्तारित हुँदै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्