एक दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध «

एक दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

हिमाली जिल्ला मुगुमा लगातार ३ दिनसम्म अबिरल वर्षा हुँदा एक दर्जन स्थानमा पहिरो जाँदा मुगुको सदरमुकामदेखि मुगमकामारोङको छाइलसम्म सडक अवरुद्घ भएको छ ।


लगातारको वर्षातले गमगढी छाइल सडक खण्डअन्तर्गतको भट्टडाँडी, सालमी खोला, नाकेभीर, सुनाथ, कम्फा खोला, छाइलबारी लगायतका १२ स्थानमा पहिरोले सडक छेदविच्छेद हुँदा सवारी साधनसहित स्थानीय नागरिकहरूलाई सदरमुकाम गमगढी जानआउनुका साथै व्यापार व्यवसायका सामानहरू ढुवानी गर्नसमेत गारो भइसकेको खाद्यान्न व्यापार कन्य भण्डारीले बताएकी छन् ।


गमगढीदेखि छाइल बजारसम्मको १८ किलोमिटर सडकसम्म सवारी साधन सुरु हुँदा दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सजिलो भएकामा पहिरोले गर्दा थप समस्या आएको स्थानीय वासीहरूको गुनासो रहेको छ ।


पहिरोका कारण सडक अवरुद्ध हुँदा मुगुमगाउँपालिकामा कार्यरत कर्मचारीहरू गाउँपालिकाको केन्द्र रहेको पुलुसम्म आउजाउ र स्वास्थ्य सामग्रीहरू लिनसमेत निकै गारो भएको छ । केही दिन पहिला कोरोना माहामारीको औषधीलगायत अन्य पालिकाको सामान लिन गमगढी आएको थिए पहिलोले सडक बन्द हँुदा गमगढी मानै रोकिएको छु उता कोरोनाका संक्रमितहरूको संख्या बढिरहेका छन् । आज जसरी भए पनि ज्यान जोखिम राखेर औषधी आफैं बोकेर भए पनि गाउँपालिका तिर जान बाध्य भएकोे मुगुमकार्मारोङ गाउँपालकिाका स्वास्थ्यकर्मी बलिराज बुढाले बताएका छन् ।


गमगढी छाइल सडक खण्डको १२ स्थानमा आएको पहिरो हटाउनका लागि केही समय लाग्ने भएको हँुदा गाउँपालिका र अन्य सरोकारवालाहरूसँग पहल गरी वर्षातले भत्काएको बन्दा सडक खुलाउने पहल भइरहेको मुगुमकार्मारोङ गाउँपालकिाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्