रोयल इनफिल्डको ट्रिजर हन्ट राइड २०१८ «

रोयल इनफिल्डको ट्रिजर हन्ट राइड २०१८

नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता विवेक अटोमोबाइल प्रालिले रोयल इनफिल्ड ‘ट्रिजर हन्ट राइड २०१८’ कार्यक्रम गरेको छ । उक्त कार्यक्रम बालाजुस्थित रोयल इनफिल्ड मोटरसाइकलको शोरुमबाट सुरु भई हिमालयन मोटरल्याण्ड धुलिखेलमा सम्पन्न भएको थियो ।
विभिन्न पहेली तथा क्लूहरु हल गरी काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विश्व सम्पदा सूचीमा रहेका सम्पदा परिक्रमा गरी सहभागीहरु सल्लाघारीमा जम्मा भएका थिए । १ सय ३५ रोयल इनफिल्ड मोटरसाइकलमा सवार करिब २ सय राइडरको नेतृत्व गर्दै रोड क्याप्टेन रमेश अवाले सल्लाघारीबाट हिमालयन मोटरल्याण्ड धुलिखेल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्