Logo

निःशुल्क भेन्टिलेटर मर्मत गर्दै इन्जिनियर समूह

नेपाली कांग्रेस निकटको इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरूमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरूको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरूको मर्मतसम्भार गरिदिन थालेको हो । कतिपय अस्पतालमा भेन्टीलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आईसीयूमा प्रयोगहुने विभिन्न उपकरणहरू चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरूको समुहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ ।
इन्जिनियरहरूको समूहको एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको उहाँले बताए । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफूहरूले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उहाँले बताए ।
इन्जिनियरहरूको उक्त समूहले मंगलबार ललितपुरस्थित सर्वाङ्ग अस्पतालमा रहेको भेन्टिलेटरको समस्यालाई अस्पताल मै आइ समाधान गरिदिएको इन्जिनियर उत्तम श्रेष्ठले जानकारी दिनुभयो । सर्वाङ्ग अस्पतालको भेन्टिलेटर हाल प्रयोग गर्न योग्य भएको उहाँले बताए ।
हाल नेपालको ७५ प्रतिशत अस्पतालहरूमा बायोमेडिकल इन्जिनियरहरू नभएको भन्दै इन्जिनियर श्रेष्ठले अहिलेको परिवेशमा अस्पतालहरूमा वायोमेडिकल इन्जिनियरहरूले सहयोग गर्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्