स्नातक प्रमाणपत्र र २५ लाखको कर्जा «

स्नातक प्रमाणपत्र र २५ लाखको कर्जा

कुनै पनि व्यक्तिले स्नातक उत्तीर्ण गर्नु भनेको सामान्य कुरा होइन । उसले १७ वर्षभन्दा बढी (बीचमा अन्य कुराहरू यथावत् रहेमा) समय आफ्नो अध्ययनमा व्यतीत गरेको हुन्छ । अनेकौं अरोह–अवरोहहरू पार गरेर कैयौं हन्डरहरू खाएको हुन्छ र ऊ निखारिएको छ; मतलब ऊ मानसिक तथा शारीरिक रूपमा परिपक्व भइसकेको हुन्छ भन्ने मानिन्छ ।
अब ऊ आफ्नो जीवनलाई सार्थकता दिन चाहन्छ । त्यसमा नेपाल सरकारले पनि उद्यमशीलतालाई आर्थिक विकासको मेरुदण्डका रूपमा त्यही जनशक्तिलाई योग्य देखेर नै हुनुपर्छ, विगतका आर्थिक वर्षहरूको बजेटदेखि नै ७ लाखबाट सुरु भएको सहुलियतपूर्ण कर्जालाई प्राथमिकता दिँदै आएको छ, जसलाई आगामी आ.व. २०७८-७९ को बजेट भाषणमा नै सोही कर्जालाई २५ लाखसम्म सहुलियत रूपमा अधिकतम ५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने कुरा उल्लेख भएको छ । तर विडम्बना, विगतका वर्षहरूमा सो कर्जाबाट लाभान्वित हुने युवाहरू भेटिएनन् ।
नेपाली बजारमा दक्ष जनशक्ति मागको तुलनामा आपूर्ति अत्यधिक धेरै रहने गरेको कुरा हामीले लोकसेवा आयोगको विज्ञापन होस् या कुनै सानो संस्थाले गरेको विज्ञापन किन नहोस्, अत्यधिक मात्रामा दरखास्त दिएको÷परेको पाइन्छ । नेपाली समाज पढ्ने, स्नातक पास हुने, एउटा राम्रो नोकरी खाने, त्यो चाहे निजामती होस् वा शिक्षण पेसा होस् वा निजी क्षेत्रमा नै किन नहोस् उसैमा अल्झिएको पायन्छ । के ख्याल गरिएन भने ऊ सिर्जनात्मक काम गर्नमा केन्द्रित कहिले पनि हुन सकेन र त्यो हुने वातावरण नै उसलाई दिइएन । ऊ खालि लोकसेवा आयोगका ठूला–ठूला किताब रट्दै बस्यो र चार–पाँच वर्ष लगाएर जसरी पनि नोकरी खाने नै निधो ग¥यो । त्यो समय व्यतीत भएपछि नेपालमा गर्न नसकिने भयो, अब बिदेश जानुप¥यो भन्यो र आफ्नो वर्षौं मेहनत गरेर प्राप्त गरेको प्रमाणपत्रलाई थोत्रो बाकसमा राखी खाडी मुलुक वा अन्य विकसित देशतिर लाग्यो, साहूसँग ऋण मागेर । उसले कहिले पनि आफू को हुँ भन्ने सोच्दै सोचेन, आफूमा कस्तो क्षमता छ भनेर कहिले पनि मूल्यांकन गर्ने समय नै पाएन ।
नेपाल सरकारले उपलब्ध गराउने भनेको सहुलियतपूर्ण कर्जाको सही सदुपयोग गर्न सकियो भने पक्कै पनि यसले आफ्नै माटोमा केही गर्न सक्षम बनाउन एउटा महत्वपूर्ण जग-पुल-इँटाको काम गर्छ । तर सोचेजस्तै यो कर्जा लिन सहज पक्कै छैन, सहज रूपमा पायो भने पनि त्यसको भ्यालु हुन्न । प्रमाणपत्रमा के गर्ने भन्ने कुरा केही उल्लेख हुँदैन, त्यसमा खालि तपाईंले सिकेको, पढेको कुरालाई परीक्षामार्फत तपाईंको मेन्टल टेस्ट गरेको आधार मात्रै हो । हो, अब बहस यहींबाट सुरु हुन्छ, हामीलाई सजिलै बैंकले ऋण दिएन, खालि नेपाल सरकारले झुक्यायो, भाषण मात्र ग-यो । गफ पक्कै हानेको होइन, स्पष्ट रूपमा बैंकबाट सामान्य रूपमा व्यक्तिगत कर्जा लिनुभयो भने पनि के कामका लागि लिन लाग्नुभएको हो, स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ, जसमा तपाईंको अचल सम्पत्तिजस्तै जग्गा धितोका रूपमा रोक्का राखेर मात्रै कर्जा प्रवाह गर्छ । यो २५ लाख भनेको तपाईंलाई जे मन लाग्यो त्यो गर्नका लागि दिने भनेको होइन । तपाईंको स्पष्ट व्यावसायिक परियोजनाबिना के आधारमा कर्जा दिने भन्ने स्पष्ट उल्लेख भएको हुनुपर्छ । बिनाआधार ऋण लगानी गर्नु भनेको बैंक आफू पनि डुब्नु हो भने अर्कातिर त्यसको सही सदुपयोग नभएर जुन एउटा परिपक्व युवा ऋणको भारी बोक्न बाध्य हुनु हो । त्यसैले बैंकले स्पष्ट व्यावसायिक कार्ययोजनाबिनाको लगानी सहजै रूपमा प्राप्त गर्न सकिनेछैन । यो कर्जाको धितोको आधार भनेकै तपाईंको व्यावसायिक परियोजना नै हो । तपाईंसग स्पष्ट व्यावसायिक परियोजना छ र त्यो तथ्यसङ्गत भएको खण्डमा तपाईंलाई बैंकले कर्जा दिन्छ ।
अब कसरी व्यावसायिक परियोजना बनाउने भन्ने कुरा यो सहुलियत पूर्ण कर्जाको मुख्य आधार हुनेछ । तपाईंले स्नातक उत्तीर्ण गरिसकेपछि कार्ययोजना गराउनमा खासै समस्या हुंदैन । तर पनि यसमा स्वरोजगार कर्जा भन्नेबित्तिकै उद्यमशील व्यक्तिले बनाउने व्यावसायिक परियोजना मुख्य हतियारका रूपमा रहेको छ । तपाईंले सैद्धान्तिक रूपमा आआफ्नो क्षेत्रको कार्ययोजना बनाउँदै गर्दा उद्यमशील व्यक्तिले बनाउने कार्ययोजना भनेको ‘बिजनेस प्लान’ नै हो । यसमा विभिन्न ट्युसन इन्स्टिच्युसन खोलेर बसेका संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ, कस्तो व्यावसायिक परियोजना बनाउँदा आफूलाई सफल अनि व्यावसायिक बनाउन सकिन्छ भनेर जसमा तपाईंलाई यसमा प्रोफेसर, लेक्चरलगायत स्वयं बैंकले समेत सहयोगीको भूमिका निर्वाह गर्न सक्छ । एउटा परिपक्व व्यक्तिलाई थोरै मात्र कार्ययोजना बनाउन सहयोग ग-यो भने उसले सहजै रूपमा आफूले कार्ययोजना तयार गरी सहजै रूपमा सहुलियतपूर्ण कर्जा प्राप्त गरेर उद्यमशील बन्न मद्दत गर्छ ।
हाल देशका १० लाखभन्दा बढी यस्ता योग्य जनशक्ति हाम्रो नेपाली बजारमा रहेका छन् । यसलाई विभिन्न सर्त तथा बन्देजहरू लगाएर सहज रूपमा कर्जा प्रवाह गर्न सक्ने हो भने योग्यमध्ये पनि १० प्रतिशतले मात्र उपभोग गर्ने वातावरण बन्ने हो भने देशलाई कायापलट गर्न सकिन्छ । त्यस्ता सर्त तथा बन्देजमा मुख्यतया निम्न कुरालाई राख्न सकिन्छ :

 हाल नेपाल सरकारले लन्च गरेको ‘नागरिक एप’ लाई उसको सबै डाटा हेर्न (नागरिकता, शैक्षिक योग्यता, प्यान कार्ड, चारित्रिक अवस्था आदि) सकिने तरिकाले अविलम्ब अद्यावधिक गर्नुपर्छ, उसको सबै आवश्यक डाटा भेरिफिकेसन नभएसम्म उसलाई लगानीका लागि योग्य नमान्ने, उसको स्नातक प्रमाणपत्र धितोको रूपमा राख्नुप-यो त्यही एपमार्फत, उक्त कर्जा भुक्तानी नगर्दासम्म उसलाई उक्त प्रमाणपत्र फुकुवा नगर्ने । ताकि उसले आफूले बनाएको व्यावसायिक परियोजनाबाहेक बाहिर जाने वातावरण नभएर फुल्ली डेडिकेटेड भएर काम गरोस् ।
 सहुलियतपूर्ण कर्जाको अधिकतम ब्याजदरलाई नेपाल सरकारले ४ प्रतिशत र उद्यमीले १ प्रतिशत ब्याज बेहोर्ने गरी कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउँदा थप प्रोत्साहन हुन्छ ।
 बैंकले उसलाई गरेको लगानी सही ठाउँमा युटिलाइजेन भए÷नभएको स्पष्ट निरन्तर निरीक्षण गर्ने व्यवस्था मिलाउनुप-यो, ताकि उसलाई काम गर्ने थप हौसला प्राप्त होस् ।
 उसले लिएको कर्जाको भुक्तानी अवधि पाँच वर्षको राख्नुप¥यो । त्यसमा पनि सुरुको एक वर्षसम्म ६–६ महिनामा ब्याजमात्र तिर्ने व्यवस्था गर्ने र दोस्रो वर्षदेखि ५ औं वर्षको अन्त्यसम्म किस्ताबन्दी रूपमा कर्जा तिर्ने व्यवस्था मिलाउनुप-यो ।
 यसमा नेपाल सरकारको भूमिका महत्वपूर्ण हुन्छ त्यसमा पनि स्थानीय सरकारको । उसको उत्पादन तथा सेवालाई सहज तरिकाले बिक्री–वितरणको सहज वातावरण बनाउने व्यवस्था नीति नै ल्याएर मिलाइदिनुप-यो ।
 उसको उत्पादनको पहिलो तीन वर्ष करछुटको व्यवस्था गर्नुप-यो, ताकि उसलाई थप काम गर्ने हौसला प्राप्त होस् ।
 हरेक वर्ष त्यस्ता कर्जा लिएका व्यक्तिमध्ये उत्कृष्ट १० जनालाई पुरस्कारको व्यवस्था गर्नुप-यो ।
 उनीहरूमध्येबाट छनोट गरेर देशविदेशमा हुने महत्वपूर्ण बिजनेस सेमिनार, गोष्ठीहरूमा प्रतिनिधिका रूपमा सहभागी हुने वातावरण तयार गर्नुप-यो ।
 लोकसेवा तयारी कक्षा जस्तै व्यावसायिक परियोजनासम्बन्धी छोटो अवधि (७ दिन-१५ दिन) का कक्षाहरू सञ्चालन गर्नुप-यो र त्यस्ता कक्षाहरूमा ख्यातिप्राप्त बिजनेस म्यानहरूलाई उपस्थित गराउनुप-यो, बिजनेसमा उत्प्रेरित गर्नका लागि ।
 नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नै बैंक तथा वित्तीय संस्थाहरूलाई लगानीको निश्चित प्रतिशत (कम्तीमा ५ प्रतिशत) रकम उल्लिखित सहुलियतपूर्ण कर्जामा लगानी गर्ने नीति बनाउने, यदि त्यो मिट नगरे त्यस्ता बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने स्पष्ट व्यवस्था गर्ने । साथै सोको कार्यान्वनय अवस्थाको कडाइका साथ पालना गराउन निरीक्षणका लागि छुट्टै विभाग नै खोल्नुपर्ने भए पनि खोल्नुप-यो, किनकि अबको नेपाल चलाउने भनेकै यही युवाहरूले हो, जसका लागि लगानी गर्न सक्नुपर्छ ।
 बैंकहरूले पनि त्यस्तो तथ्यगत व्यावसायिक परियोजना पेस भएको सात दिनभित्र लोन दिने व्यवस्था गर्नुप-यो ।
यसरी नेपालको अल्पविकसित राष्ट्रबाट विकासशील हुँदै विकसित राष्ट्र हुने आधारस्तम्भ नै अहिलेको शिक्षित युवा पुस्ता नै भएकाले नेपाल सरकारको उद्देश्यअनुरूप दक्ष युवाहरूले आफ्नो क्षमतालाई सफल हुने व्यावसायिक परियोजनाका साथ बैंकमा युवा स्वरोजगार कर्जाका लागि माग गरेर सोअनुसार देशलाई समृद्धितर्फ उन्मुख गराउँदै देशलाई आत्मनिर्भर गराउने अभिभारा पनि अहिलेकै युवामा रहेको छ । युवा स्वरोजगार कर्जालाई नीतिमै राखेर युवा जनशक्तिको सही सदुपयोग तथा स्वरोजगारका लागि प्रोत्साहित गर्ने नेपाल सरकार, व्यावसायिक योजना बनाउन मद्दत गर्ने इन्स्टिच्युसन, कर्जा उपलब्ध गराउने बैंकहरू, कार्यान्वयन अवस्थाको निरीक्षण गरी सफल गराउन भूमिका निर्वाह गर्ने राष्ट्र बैंक, स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण प्रदान गर्ने युवा पिढी सबैको हातेमालोमा नै हरेक काममा सफलता प्राप्त गर्ने सकिन्छ । युवा नै त्यो शक्ति हो जसले नै पूरा विश्व हाँक्ने क्षमता राखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्