कमर्सियल भेइकलमा गोल्डफिश इन्टरनेशनल «

कमर्सियल भेइकलमा गोल्डफिश इन्टरनेशनल

 

एसएमएल इसुजु भारतीय कमर्सियल सवारी उत्पादक कम्पनी हो । भारतको स्वराज माज्दा (एसएमएल) कम्पनीसँग जापानको इसुजु मोटर्सबीच साझेदारीमा कमर्सियल सवारी उत्पादन हुन थालेको थियो । दुई कम्पनीबीच सन् १९८४ देखि एसएमएल इसुजुको नाममा कमर्सियल सवारी उत्पादन हुन थालेको हो ।
नेपाली बजारमा एसएमएल इसुजुका ट्रक-बस लगायतका सवारी लामो समयदेखि बिक्री हुँदै आएको छ । नविनतम प्रविधि र उत्कृष्ट उत्पादन क्षमता भएका एसएमएल इसुजुका सवारी नेपाली बजारमा लोकप्रिय नै छन् । बीचमा केही समय सुस्त जस्तो देखिएको भए पनि गोल्ड फिस इन्टरनेशनल आधिकारिक विक्रेताको रुपमा बजारमा उपस्थित भएपछि एसएमएल इसुजुले पुनः आफ्नो गति विस्तार गर्नेतर्फ अग्रसर देखिएको छ ।
भारतमा एसएमएल इसुजुले प्राविधिक रूपमा चुस्त उत्पादन प्रणाली र प्रतिस्पर्धी उत्पादनहरू उत्पादन गर्दै आएको छ । उपभोक्ताको चाहना अनुरुप कम्पनीले उत्पादनहरूको गुणस्तर बढाउन ठूलो लगानी गरिरहेको छ । एसएमएल इसुजु ट्रक र बस उत्पादन गर्ने कम्पनी हो । नेपालमा लक्ष्मी समूहअन्तर्गत गोल्डफिश इन्टरनेशनल एसएमएल इसुजु सवारी साधनको लागि आधिकारीक विक्रेता भएको छ । यस सम्झौतासँगै गोल्डफिश इन्टरनेशनल प्रालि अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको गोल्डफिश इन्टरनेशनलका बिक्री निर्देशक दीपक थापाले बताए ।
नेपाली बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरिका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरू लिएर आएको छ । प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक टूएस सेवा सुविधा सुरु गरेको थियो भने अहिले पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टूएस सुविधा, पाँचखालमा एक टूएस सुविधा र धादिङमा एक टूएस सुविधासहितको सोरुम सञ्चालनमा ल्याएको छ ।
यस्तै कम्पनीले इटहरी, विदुर (त्रिशुली), बुटवल र धनगढीमा समेत सेवा विस्तार गरिसकेको छ । आगामी दिनमा आफ्नो सेवा देशका अन्य सहरमा समेत विस्तार गर्ने योजना कम्पनीको रहेको थापाको भनाइ छ ।
गोल्डफिश इन्टरनेशनल प्रालिले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि १ लाख स्क्वायर फिटमा नैकापको गुर्जुधारामा एएमएल इसुजु फ्ल्यागसिप थ्रीएस सेन्टरको निर्माण गरिरहेको छ । लक्ष्मी समूहले अटोमोबाइल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागि कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभ्स डिभिजन शुरु गर्दै आएको छ । नेपालको लागि लक्ष्मी प्रीमियम मोटर र गोल्डफिस इन्टरनेशनलले व्यापारिक प्रायोजनका लागी सवारी साधन लिएर आएको छ । एसएमएल इसुजुले व्यावसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्षभन्दा बढी भएको छ ।
एसएमएल इसुजुले उत्पादन र प्रविधिमा मात्र सीमित नभई आफ्नो संगठनमा नौलो किसिमको संस्कृति र मूल्यमान्यता बनाउँदै आएको छ । जसले गर्दा नेपाली बजारमा विश्वासको साथ अगाडि बढ्ने दाबी कम्पनीको छ । सबै रेन्जका स्कुल बस, रुट बस, स्टाफ बस र ट्रक तथा टिपर एसएमएल इसुजुले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेका विश्वस्तरीय सवारी नेपाली उपभोक्ताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर उपलब्ध गराइने सेल्स निर्देशक थापा बताउँछन् ।
“हामी गाडी बिक्रीमात्र होइन, बिक्रीपछिको सेवालाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” थापाले भने, “काठमाडौंको बालाजुमा सर्भिस सेन्टर सञ्चालनमा आइसकेको छ भने गुर्जुधारामा निर्माणधिन अवस्थामा छ ।” कम्पनीले गुर्जुधारामा अत्याधुनिक सुविधासम्पन्न सर्भिस सेन्टर बनाइरहेको छ । अन्य स्थानमा खुलेका र खुल्ने सर्भिस सेन्टरहरू पनि सुविधासम्पन्न नै हुने उनको भनाइ छ । सवारी बिक्रीपछि चाहिने स्पेयर पार्टस्को उपलब्धतामा कुनै कमी नहुने गरी काम गरिरहेको थापाले बताए ।
एसएमएल इसुजुका सवारी फिल्डमा गुड्दागुड्दै कुनै समस्या आयो भने त्यसको समाधानका लागि कम्पनीले डोर टू डोर सेवामार्फत् सर्भिस उपलब्ध गराउने जनाएको छ । त्यसका लागि गोल्डफिसले दुई वटा मोबाइल सर्भिस भ्यानको व्यवस्था गरेको छ । “एसएमएल इसुजुका सवारी जापानी प्रविधिमा बनेको हुनाले टिकाउ र बलियो छ,” थापाले भने, “त्यसैले सवारीसाधनमा २ वर्षको वारेन्टीसमेत उपलब्ध गराएको छ ।” सर्भिसलाई चुस्त बनाउन गोल्डफिस इन्टरनेशनलले भारतबाट नै मेकानिक्सहरूलाई तालिब दिलाएर ल्याएको छ ।
नेपाली बजारमा कमर्सियल सवारीमा निक्कै प्रतिस्पर्धा रहेको छ । प्रतिस्पर्धा स्वभाविक पनि हो । उपभोक्तालाई उत्कृष्ट सेवा र सामग्री खरिद गर्ने छुट छ । एसएमएल इसुजुका बस तथा ट्रक र टिपरहरू विश्वसनियताका लागि सिद्ध रहेकाले नेपाली उपभोक्ताको रोजाइमा पर्ने विभिन्न कम्पनीमा आवद्ध रही लामो समय अटोमोबाइल क्षेत्रमा रहेका सेल्स निर्देशक थापाको भनाइ छ । एसएमएल इसुजुका फोर ह्वील ड्राइभ ट्रक निक्कै लोकप्रिय छन् । नेपाली बजारमा यस्ता ट्रकको बिक्री बढ्दै गएको छ । यसमा एसएमएल इसुजुले आफ्नो बजार हिस्सा बढाउँदै लाने थापाको भनाइ छ ।
एसएमएल इसुजुले ल्याउने नयाँ–नयाँ उत्पादन गोल्डफिस इन्टरनेशनलले नेपाली बजारमा उपलब्ध गराउँदै जानेछ । बदलिँदो प्रविधिसँगै सवारी उत्पादनमा समेत बदलाव आउँछ । त्यस्ता उत्पादनलाई नेपाली बजारमा उपलब्ध गराउँदै जाने थापाले प्रतिवद्धता जनाए । भारत र नेपालको भौगोलिक अवस्था करिब मिल्दोजुल्दो भएकाले एसएमएल इसुजुका सवारी नेपाली बजारमा लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्