पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजस्व छुट दिन माग «

पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजस्व छुट दिन माग


नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक अवस्थमा पु¥याउन निर्देशन दिएका छन् ।
सोमबार निगम कार्यालय पुगेको उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन आग्रह गरेका हुन् । “दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता तर्फ ध्यान दिनुपछ” उनले भने ।
निगमले कोरोनाको महामारीमा आफ्नो जिम्मेवारी सक्षमताका साथ पूरा गरेको भन्द्यै उनले अझ दरिलो कार्ययोजना सहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता औल्याए । मन्त्री अरगरियाले निगम नाफामूलक मात्र नभइ सेवामूलक समेत हो भन्ने अवधारणासहित अगाडि बढ्न हमग्रश गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ सन्दर्भमा निगमलाई ठोस कार्ययोजनासहित अगािड बढाउनु पर्ने आवश्यकता औल्याए । उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए । संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधि र कार्ययोजनाबारे जानकारी गराए । उनले निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रिय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रूपमा लागि परेको बताए । महाप्रवन्धक पौडेलले भैरहवा र पोखराको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा वापतको राजस्वमा ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्