इलेक्ट्रो टेक «

इलेक्ट्रो टेक

प्रदर्शनीमा सम्पूर्ण विद्युतीय सामान छन् 

तेजनारायण खरेल
अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ
सन् १९९६ देखि विद्युतीय सामानको प्रवद्र्धनका लागि इलेक्ट्रो टेक गर्दै आएको छ । विद्युतीय सामानका उत्पादक, बिक्रेता, निर्यातकर्ता र उपभोक्तालाई एक ठाउँमा जम्मा गराउने हो । विद्युतीय सामानको नवीनतम प्रविधि, यसका गुणस्तरका कुरालगायतका विषयमा जानकारी गराउने उद्देश्य हो । विश्वमा विकसित प्रविधियुक्त सामान यहाँ छन् । दुई वर्षअघि गरिएको टेकमा राखिएका भन्दा पनि नयाँ प्रविधिका सामान आइसकेका छन् । अहिले विभिन्न आकर्षक सामग्री विभिन्न कम्पनीमार्फत प्रदर्शनमा छन् । आफ्नो बजारलाई लक्षित गरी प्रदर्शनमा राखिएका छन् । यहाँ कारोबारभन्दा पनि नयाँ प्रविधिका सामानबारे जानकारी दिने उद्देश्य छ । यहाँ प्रदर्शनीसहित विभिन्न गोष्ठी हुने गरेको छ । गुणस्तरसम्बन्धी छलफल हुन्छ । नाप तौल विभागले, नेपाल उद्योग वाणिज्य महासंघले पनि गोष्ठीको आयोजना गर्छ । यसको उद्देश्य उपभोक्तालाई पनि थप जानकारी दिने हो । हावाबाट पानी बनाउने, अटोमेटिक स्विच अन र मोबाइलमा जानकारी दिने लगायतका विद्युतीय सामग्री पनि यहाँ राखिएको छ । यिनै सामग्रीलाई प्रवद्र्धन गर्ने लक्ष्य गरिएको छ । नेपालभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पादित वस्तु राखिएको प्रदर्शनीमा तारदेखि ठूला ट्रान्सफर्मरसम्म छन् । कम विद्युत् क्षमताका तर बढी उज्यालो दिने बल्ब यहाँ छन् । बढी दक्षतायुक्त सामानलाई प्राथमिकताका साथ प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा सम्पूर्ण विद्युतीय सामान छन् । पुरानासहित नयाँ प्रविधियुक्त विद्युतीय सामान यहाँ देख्न सकिन्छ । यहाँ जानकारी लिएर उपभोक्ताले गुणस्तरीय र सुरक्षित सामान किन्न सक्छन् । प्रदर्शनीमा एक लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
ऊर्जा दक्षताका सामानमा उपभोक्ताको ध्यान गएको छ

सुदर्शन पौडेल
संयोजक, निक इलेक्ट्रो टेक २०१८
नवीनत्तम विद्युतीय सामानको प्रवद्र्धनका लागि आयोजना गरिएको इलेक्ट्रो टेकमा विशेषगरी ऊर्जा दक्षता र सुरक्षितसहित स्मार्ट प्रविधियुक्त सामान प्रदर्शनमा राखिएका छन् । रिमोर्टबाट चल्ने स्विच, बत्ती, सीसीटीभी, साइरन सिष्टमलगायत स्मार्ट प्रविधि प्रदर्शनीमा छन् । साइरन सिष्टम भनेको यो राखेको छ भने घरको ढोकामा कोही अनाधिकृत रूपले कोही आयो भने मोबाइलमा घण्टी बज्छ । अहिले विद्युतीय सामानको कारोबार ९० अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्दा ७८ अर्बको त आयात छ । स्वदेशी उत्पादन त १० प्रतिशत छ । नेपाल विद्युत् प्राधिकरणले हालको विद्युत् क्षमता एक हजार मेगावाट छ, तीन सय मेगावाट आयात छ । यसलाई बढाएर सन् २०२० भित्र ३३ सय मेगावाट पु-याउने योजना अघि बढाएको छ । यो वृद्धि हुँदा विद्युतीय सामानको बिक्री पनि तीन गुणा बढ्ने अर्थात् झण्डै २ खर्ब ४० अर्ब पुग्ने अनुमान गरेका छौं । यसरी बजार बढ्दा ठूलो मात्रामा उत्पादन हुन्छ । यसले लागत पनि घटाउँछ । यसले लगानी पनि बढाउँछ । स्वदेशमा पनि उत्पादन बढ्दै जान सक्छ । प्रर्दशनीमा नेपाली उत्पादन तारका साथै स्वदेशी उत्पादनमा बढेको सबैभन्दा ठूलो ९ सय किलोभोल्टको ट्रान्सफर्मर आकर्षणको रूपमा रहेका छन् । मल्टिनेसनल कम्पनीका ब्राण्ड पनि गुणस्तरीय सामान प्रदर्शनमा छन् । पहिला आमउपभोक्ता जागरुक थिएनन्, अहिले जागरुक पनि भए । अहिले त ऊर्जा दक्षतामा जाने प्रक्रिया रहेछ । ऊर्जा दक्षताका सामानमा उपभोक्ताको ध्यान गएको छ भने विकासकर्ता पनि यसमा गएका छन् । 
नयाँ नयाँ मोडलका विद्युतीय सामग्रीले ध्यान तानेको छ

कोमल पोखरेल
मिडिया संयोजक, निक इलेक्ट्रो टेक २०१८
सन् २०१६ पछि नवीनतम प्रविधिका विद्युतीय सामानलाई उपभोक्तामाझ जानकारी दिनका लागि प्रर्दशनी आयोजना गरिएको हो । यसमा उपभोक्ताको रुचिका र आकर्षण गर्ने खालका विद्युतीय सामान प्रदर्शनीमा छन् । कम विद्युत् खपत गर्ने सामान बढी छन् । पछिल्लो समयमा कम विद्युत् खपत गर्ने सामग्री उत्पादन हुँदैछन् । यहाँ ढोकाको बेल, चाबीलगायतका सेन्सर, वायरलेस प्रविधि, हावाबाट पानी बन्ने प्रविधि, नेपालकै सबैभन्दा ठूलो ट्रान्सफर्मर लगायत छन । ह्यावल्स, एल्टी, सीएनएसलगायतका ठूला र बहुकम्पनीका विद्युतीय सामग्री पनि यहाँ प्रदर्शनमा छन् । यी सामानसहितको ७७ स्टलमा स्वदेशीसहित विदेशी उत्पादनका सामान छन् । जसले उपभोक्तालाई सस्तो, बढी उपयोगी, गुणस्तरीय र सुरक्षित विद्युतीय सामान छनोट गर्न सहज बनाउँछ । राष्ट्रिय एवं अन्तर्राट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीका नविनतम उपलब्धि एक साथ यहाँबाट जानकारी लिन सकिन्छ । ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी रहेको टेक १७ पुससम्म सञ्चालन हुनेछ । नयाँ नयाँ मोडलका विद्युतीय सामग्री रहेकाले धेरैको ध्यान तानिएको छ । दैनिक टेक गर्नेको भीड बढेको छ । उनीहरूले टेक हेरेपछि विद्युतीय सामानबारे राम्रो जानकारी भएको बताएका छन् । 
एलईडी प्रडक्टहरू गुणस्तरहीन हुँदैनन्
महेन्द्रकुमार राठी 
तिरुपाती मार्केटिङ प्रालि
मेलाको उद्देश्य भनेको नै ब्रान्डहरूको विषयमा उपभोक्ताको माझमा पु-याउनु हो । उनीहरूलाई यस विषयमा जानकारी गराउनु हो । हाम्रा सामान सर्वधारणले भन्दा बढी व्यावसायिक हाउसमा बढी प्रयोग हुन्छ । सर्वसाधारण पनि मेलामा त आएका छन् तर उनीहरूको घुम्नका लागि र जानकारी लिनका लागि आइरहेका हुन्छन् । हामीले मेलामा प्यानल लाइट, एलईडी स्ट्रिक, एलईडी बल्ब, एलईडी ट्यूब, लोबल लाइट, प्यानल लाइट, फ्लड स्टिल, वाटर प्रुफ लाइट, ट्राक लाइटलगायतका सामान राखेका छौं । एलईडी प्रडक्ट गुणस्तरहीन हुँदैनन् । हामी उपभोक्तालाई कसरी गुास्तरीय सामान पु-याउन सक्छौ भनेर सोच्छौ । मेलामा आउने अवलोकनकर्तालाई पनि हामी गुणस्तरीय सामान प्रयोग गर्नका लागि सुझाव दिन्छौ । कतिपय आयातित सामान गुणस्तरहीन हुन्छन् भन्ने गुनासा बढिरहेको बेलामा उहाँहरूलाई हामी गुणस्तरीय सामान प्रयोग गर्नका लागि सुझाव दिइरहेका छौं । हामी चीनबाट आयात गरेर हाम्रा सामान उपभोक्तामाझ पु-याउँछौ । तर सबै सामान गुणस्तरीय हुन्छन् । हामी कहाँ चीनको ओप्पल ब्रान्डका सामान आयात हुन्छन् । जुन विश्वबजारमा नै ३ नंम्बरको ब्रान्ड हो । चीन, भारत युरोपलगायतका ५७ वटा देशमा यो ब्रान्डको मार्केटिङ भइरहेको छ । यहाँ ग्रामीण क्षेत्रका उपभोक्तादेखि सरकारी, कर्पोरेट तथा निजी क्षेत्रका लागि आवश्यक पर्ने सामान पाइन्छ । यी लाइट वातावरणमैत्री छन् र २ वर्ष ग्यारेन्टीका प्रोटक्ट छन् । एलईडीका लाइट हाम्रा आँखाका लागि कत्ति पनि खतरनाक छैनन् । 
हाम्रा ट्रान्सफरमरले बिजुली बचाउँछ
अनिस महत्तो
केबी ईलेक्स प्रालि
अहिलेको इलोक्ट्रनिक इको टेकको ९औं मेला सञ्चालन भइरहेको छ । यस मेलामा हामीले ट्रान्सफरमर राखेका छौं । हामीले मेलामा राखेका ट्रान्सफरमर निकै नै गुणस्तररीय छ । नेपाल विद्युत् प्राधिकरणले प्रयोग गरेका भन्दा हाम्रा ट्रान्सफरमर उच्च दक्षताका छन् । हाल बजारमा उपलब्ध भएको जुन ट्रान्सफरमर छन् अथवा प्राधिकरणले डिजाइन गरेर हामीलाई दिएको जुन ट्रान्सफरमर छन् त्यो भन्दा हाम्रो ट्रान्सफरमर धेरै गुणस्तरीय र धेरै बिजुली बचत गर्न सक्छ । हाम्रो ट्रान्सफरमरले २० गुणा बिजुली बचत गर्न सक्छ । नेपालमा भएको लोडसेडिङको समस्या समाधान गर्नका लागि यसले धेरै ठूलो भूमिका खेल्छ । हामीले जस्तै १० हजार मेगावाट बिजुली उत्पादन गरेका छौं । यदि हाइड्रोपावरमा हाम्रो डिजाईनको ट्रान्सफरमर राख्न सक्यौ भने र कम्तीमा पनि हामीले २० प्रतिशत बिजुली बचाउन सक्यौ भने लगभग २ सयदेखि ३ सय मेगावाट हुन्छ । लगभग १ मेगावाटको हाइड्रोपावर खोल्नका लागि लगभग २० करोडको लगानी आवश्यक पर्छ । अहिले नयाँ हाइड्रोपावर खोल्नुभन्दा पुराना ट्रान्सफरमर परिवर्तन गर्दै  हाम्रा ट्रान्सफरमर प्रयोग गर्न उचित हुन्छ । एउटा हाइड्रोपावर बनाउनका लागि ५-६ वर्ष लाग्छ । तर हाम्रा ट्रान्सफरमर परिवर्तन गर्नका लागि छोटो समयमा नै सम्भव छ । हामीले बिजुली भारतबाट आयात गरिरहेका छौं । तर हाम्रा इलेक्स ट्रान्सफरमर प्रयोग गरेमा आयात गर्नुपर्दैन । किनकि बिजुली बचत गर्छौ । अझै पनि हामी बिजुली कसरी बचत गर्न सकिन्छ भनेर अध्ययन पनि गरिरहेका छौँ । तर यसका लागि सरकारको सहयोग आवश्यक छ । 
मेलाले उपभोक्ताहरुलाई प्रोटक्टको जानकारी गराउँछ
राजन कर्मचार्य 
प्रवन्ध निर्देशक आईएमटी इन्टरनेसनल मार्केटिङ प्रालि
विशेषगरी हाम्रो यस कम्पनीले सोलार बेट्री उपभोक्तासामु पु-याउँदै आइरहेका छौं । हामी ट्रान्सफरमर पनि बेच्छौ । हाल सञ्चालन भइरहेको यस मेलाले उपभोक्तामा हाम्रा प्रोटक्टको विषयमा जानकारी दिलाउनका लागि हामीलाई एउटा मौका दिएको छ । हुन त काठमाडौं उपत्यकामा पछिल्लो समय लोडसेडिङ हटेसँगै हाम्रा प्रोडक्टले कम बजार पाएका छन् । हामीलाई घाटा भयो भन्दैमा लाडसेडिङ भएको राम्रो त मिल्दैन नि । हामी खुसी छौ । लोडसेडिङका कारण सर्वसाधारणलाई भएको असहजता हटेर गएको छ । यो मेलाले उपभोक्तासँग आमुन्ने सामुन्ने कुरा गर्ने मौका पनि दिलाएको छ । जुले गर्दा हामीले उपभोक्तालाई यो जानकारी दिन पाएका छौ कि गुणस्तरीय सामान कस्ता हुन्छन् भनेर बताएका छौ । उपभोक्ता गुणस्तरहीन सामानका कारण ठगिएका पनि छन् । उनीहरूलाई सचेत गराउने मौका पनि पाएका छौ । हाम्रो व्यवसाय व्यक्तिगत रूपमा भन्दा व्यावसायिक हाउसमा बढी प्रयोग हुन्छ । किनकि पावर ब्याकप आवश्यक भइरहन्छ । मेलामा किन्नभन्दा पनि हाम्रा प्रोडक्टको अवलोकन गर्नेको संख्या बढिरहेको छ । जसले गर्दा अवलोकनकर्ता पछिसम्म हाम्रा अफिस आएर हाम्रा प्रोटक्टहरू खरिद गर्न सक्नुहुन्छ । हामीसँग पछिपछि पनि उहाँहरू सम्पर्क गरिरहँदा हामीलाई पनि आफ्नो उत्पादन उपभोक्ताको सामु लैजान र उपभोक्तालाई पनि गुणस्तरीय सामान पहिचान गर्न सजिलो हुन्छ ।  हाम्रा सामान सबै वातावरणमैत्री छन् । 
हामीसँग गुणस्तरीय प्रोडक्ट छ 
दिलिपकुमार अग्रवाल
प्रोपाइटर जानभी ग्रुप 
यो मेला ९औं संस्करण हो । हाम्रो तर्फबाट मेलालाई सहयोग गर्दै आइरहेका छौं । आज २ दिनको अवलोकन कर्ता जुन बढेको छ । यो हेर्दा सुधार आएको छ । राम्रा अवलोकनकर्ता आएका छन् । हामीले जनता केबलका (एफआरएक्स वायर )लाई बढी प्राथमिकता दिएर प्रदर्शनीमा राखेका छौं । अहिले हामीले आगो नलाग्ने स्विच ( एफआरएक्स स्विच) लाई पनि बढी प्राथमिकता दिइरहेका छौं । यो प्रोटक्ट सम्भवतः १ महिनामा नेपाल भित्रने छ । चीनबाट आयात गर्नेछौ । जनता केवल ४ दशकदेखि नै नेपालमा नम्बर १ भइरहेका छौ । हाम्रा प्रोडक्ट नेपाल अधिराज्यभर पुगेको छ । हरेक उपभोक्ता सामु गुणस्तरीय सामान पुगोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो । त्यही किसिमका प्रोटक्ट हामीले बजारमा उत्पादन गरिरहेका छौ । हामी सस्तो मूल्यमा राम्रो सामान दिइरहेका छौँ उपभोक्तालाई । नयाँ नयाँ कन्सेप्ट ल्याउने छौ । आजसम्म आगो नलाग्ने स्विच नेपालमा आएको थिएन । हाम्रा सामान वातावरणमैत्री छन् । मेलामा हामीले गुणस्तरीय सामानहरु लिनु किनिकी इलोक्ट्रोनिक सामान खतरा हुन सक्छन् यदि गुणस्तरहीन भयो भने भनेर हामीले अवलोकनकर्तालाई जानकारी गराइरहेका छौ । प्रोडक्टहरूको जानकारी लिनुस् भनेर जनचेतना दिएका छन् । इलेक्ट्रिकल सामानहरु गुणस्तरीय सामानहरु गुणस्तरीय सामान उपभोक्ता सामु पु-याउनु हाम्रो दायित्व पनि हो । नेपाल सरकारले गुणस्तरीय सामान भन्सारबाट नै छिर्न नदिने अथवा भन्सारमा कडा निगरानी गर्न आवश्यक छ ।
हाम्रा नारा नै गुणस्तरीय प्रोडक्ट बेच्नु हो

गोपाल अग्रवाल 
एनजी इलेक्ट्रिक प्रालि
२ वर्षपछि फेरि इलोक्ट्रनिक इको टेकको ९औं मेला सञ्चालन भइरहेको छ । २ वर्षअघिको तुलानामा अहिले बढेको छ । हामीले नयाँ प्रोडक्ट पनि प्रदर्शनमा राखेका छौ । अवलोकनकर्ताले विभिन्न चासो तथा जिज्ञासा लिएर यहाँ हाम्रा इलेक्ट्रोनिक प्रोडक्टको विषयमा जानकारी लिन आइरहनुभएको छ । हामीले अवलोकनकर्ताको जिज्ञासा मट्ने कोसिस गरिहेका छौ । किन्न मात्रै भन्दा पनि यहाँ अवलोकन गर्न आउने पनि हुनुहुन्छ । उहाँहरूलाई नयाँ प्रोडक्टको पहिचान र जानकारी पनि दिइरहेका छौ । गुणस्तरीय सामान प्रयोग गर्नका लागि उहाँहरूलाई प्रोत्साहन गराएका छौ । जानकारी दिनका लागि प्राविधिक टिम पनि राखेका छौ । अहिले मेलामा अवलोकन गरेर फर्कने हाम्रा अफिसमा उपभोक्ता आउन थाल्नुहुन्छ । विगतमा भएका मेलामा पनि अवलोकन गरेर जाने कति उपभोक्तापछि हामीलाई सम्पर्क गर्नुहुन्थ्यो । यहाँले मेलामा बताउनुभएको जस्तो गुणस्तरीय सामान हामीलाई आवश्यक छ । यो सामान आवश्यक छ भनेर हामीलाई सम्पर्क गर्नुभएको थियो । हाम्रो सोरुमहरूमा उहाँहरू आउनुहुन्थ्यो । कहाँ कस्तो सामान पाइएला भन्ने जानकारी भएपछि उहाँहरूलाई पनि सजिलो हुन्छ । जानकारी भएन भने झन्झट पनि ब्यहोर्नु पर्न सक्छ । हाम्रो कम्पनीको मूल नारा नै हामी उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउन सक्छौ भन्ने हो । त्यो पूरा गरिरहेका छौँ । बजारमा धेरै प्रतिस्पर्धा पनि छ । यस्तो अवस्थामा हाम्रो प्रोटक्टलाई एउटा ब्रान्ड लिएर गुणस्तरीय सामान बेचिरहेका छौँ । 
एकै थलोमा सबै सामान पाउन सकिन्छ 

चन्दन रुङगटा
श्रीराजदेवी इन्टरनेसलन प्राइभेट लिमिटेड
मेलामा नयाँ नयाँ उत्पादन आउने गर्छन । नयाँ उत्पादनहरु पसलमा पुगेपनि सबै सामान उपभोक्तासमक्ष  पुग्न सक्दैनन् । त्यसैले उपभोक्तालाई एकै ठाउँमा सबै सामानको बारेमा जानकारी गराउने उदेश्यका साथ यो एक्स्पो सञ्चालन गरिएको हो । मेलामा उपभोक्ताले नयाँ नयाँ सामान खोज्ने गर्छ । विशेषगरी हामीले  एलईडी ट्युबलाइट, एलईडी बल्व प्रदर्शनीमा राखेका  छौँ । हालै लन्च गरेको नयाँ उत्पादन पनि प्रर्दशनीमा राखिएकोे छ ।  आइरन, हेयर प्याड, मोबाइल पावर बैंक, बुलुटुथ मेलामा राखिएको छ । मेलामा सबै उपभोक्तालाई  लक्षित गरेर उपयुक्त मूल्यमा सामान राखिएको छ । एलईडी बल्बको एक सय ३२ रुपैयाँदेखि माथिका सामान राखिएको छ । मेला सुरु भएको तेस्रो दिनसम्म ग्राहकको आकर्षण बढ्दै गएको छ ।  ठूल–ठूला मुख्य सहरमा डिलरसिप बनाएर सामान बिक्री गर्ने गर्छौँ । हामीसँग गुणस्तरको सामान छ भनेर जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको हो । मेलामा सामान बिक्रीभन्दा पनि सामानको बारेमा उपभोक्तालाई जानकारी दिने काम हुन्छ । प्रत्येक वर्ष हुने यस्ता मेलाले विद्युतीय सामान खरिद गर्न ग्राहकलाई सहज  हुनेगर्छ । पछिल्लो समय विद्युतीय सामानप्रति मानिसको क्रेज पनि बढ्दै छ । उपत्यकासँगै बाहिरी जिल्लाबाट पनि ग्राहक मेला हेर्नका लागि आउने गर्छन । हामीले पनि जानकारी नपाएका सामान मेलामा देख्न पाइन्छ । यो हाम्रो लागि पनि ठूलो उपलब्धि हो । बर्सेनि हुने मेलाले गर्दा विद्युतीय सामानप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । 
उपभोक्तालाई सहजरूपमा विद्युतीय सामान उपलब्ध गराउन सकिन्छ

ओमप्रकाश जोशी
प्रिमियर ओभरसिज प्राइभेट लिमिटेड
आफूले बिक्री वितरण गरेका सामानलाई आमउपभोक्तालाई जानकारी गराउने र बुझाउने उद्देश्यका साथ निक इलक्ट्रोे टेक स्क्स्पो आयोजना गरिएको हो । सबै सामान एकै ठाउँमा राखिने भएकाले उपभोक्तालाई सहजरूपमा विद्युतीय सामानको उपलब्ध गराउनका लागि प्रत्येक वर्ष प्रदर्शनी गरिँदै आएको छ । विशेषगरी एंकरका उत्पादन पंखा, स्विच, चिम प्रर्दशनीमा राखिएको छ । मेलामा विद्युतीय सामानको बारेमा जानकारी गराउनका लागि प्रदर्शनीमा राखिएको छ । मेलामा सामान बिक्री गर्न पाइँदैन । २० रुपैयाँको स्विचदेखि तीन सय रुपैयाँका स्विच राखिएको छ । गत वर्ष मेलामा बिक्री पनि खुला गरिएकाले अलि बढी भीडभाड भएको थियो । उपभोक्ताले लिन खोजेको जानकारी  दिन सकिएको थिएन । यो वर्ष सामान बिक्री बन्द गरिएकाले सामानको बारेमा उपभोक्तालाई सहजै रूपमा जानकारी गराउन सकिएको छ । यसले गर्दा पनि मेला अलि व्यवस्थित र मर्यादित भएको छ । नेपाल अधिराज्यभरिका डिलरहरू, बिजुली पसलले, घर बनाउँदा कस्ता कस्ता सामान राख्ने भनेर यहाँबाट जानकारी लिएर जानु भएको छ । यो प्रदर्शनीमा तल्लो तहका वर्गदेखि माथिल्लो उच्च तहका व्यक्तिलाई लक्षित गरेर सामान राखिएको छ । सबै तहका स्विच राखिएको छ । गत वर्षको तुलनामा यो वर्ष प्रदर्शनी अझ राम्रो भइरहेको छ ।  
उच्च ग्रेडका विद्युतीय सामान वितरण गरेका छौँ 

प्युस कोठारीस्टार
पिक इलेक्ट्रोनिक्स टेक्नोलोजी
बजारमा बिजुलीका नयाँ नयाँ सामान के के आएका छन् । मोबाइलमा कसरी परिवर्तन हुन्छ त्यसरी नै विद्युतीय सामानमा पनि परिवर्तन आउने गर्छन् । इको एलईडीमा नयाँ प्रविधि आएको छ । नयाँ विद्युतीय सामानको बारेमा उपभोक्तालाई जानकारी दिनको लागि मेला आयोजना गरिएको हो । एलईडीको ब्रान्डमा घरायसी, औद्यौगिक, पसलमा राखिने सामान मेलामा पाउन सकिन्छ । नेपालको पहिलो बीआइएस ब्रान्ड हो ।  नेपाल गुणस्तर तथा नापतौल विभागले अहिलेसम्म कुनै पनि वस्तुको परिणाम तोकेको छैन । त्यसले गर्दा छिमेकी राष्ट्रमा एउटा वर्गीकरण गरिएको  छ  । योभन्दा  घटीको सामान बनाउन नपाइने वा आयात गर्न नपाउने गरी एउटा बीआईएस वर्गीकरण गरिएको छ । जसरी नेपालमा गुणस्तर विभागबाट एनएस चिन्ह् पाइन्छ त्यसरी नै भारतमा  पनि बीआईएस नलिईकन एलईडीको काम गर्न पाइँदैन । हामीले जति पनि विद्युत्का सामानको बिक्री गरेका छौँ । तिनीहरू उच्च ग्रेडका छन् ।  हामीसँग भएका सामानमा कम र उच्च भोल्टेजको समस्या कुनै पनि छैन । यो वर्ष मेलामा प्याभिलियन पनि धेरै बढेको छ ।  सामानको स्टेन्डर पनि धेरै छ । मेलामा बढी मात्रामा घरायसी उत्पादन ग्राहकको रोजाइमा पर्ने गर्छन । दैनिक रूपमा प्रयोग हुने सामानमा एलईडी बल्व, ट्युबलाइट बढी उपभोक्ताले खोज्ने गरेको छ । जसरी बिजुली भएन भने जीवन अँध्यारो हुन्छ त्यसरी पनि बिजुलीका सामान बढी बिक्री हुनेगर्छ । अहिले लोडसेडिङ पूर्णरूपमा अन्त्य भएकाले सस्तो भन्दा पनि व्यापारीले राम्रो सामान बढी ल्याउने गर्छन् । हामीले बीआइएस उच्च ग्रेडको सामान ल्याएर बजारमा वितरण गरेको छ । 
प्रदर्शनीले ग्राहकलाई प्रत्यक्ष भेट गराएको छ

अमुल श्रेष्ठ
ट्रान्सबिल्ड नेपाल प्राइभेट लिमिटेड
विद्युतीय सामान बिक्रीका साथै एकै थलोमा ग्राहकलाई भेट गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको हो । कतिपय ग्राहकलाई भेटन ग्राहो हुनेगर्छ । मेलामा प्रत्यक्षरूपमा ग्राहकलाई भेटिने हुँदा अन्तरक्रिया हुने हुँदा व्यक्तिगत रूपमा विश्वास गराएर नेपाली उद्योगलाई प्रोत्साहन गर्न सकिन्छ । आप्mनो तर्फबाट ग्राहकलाई प्रेरित गर्न सकिन्छ । हामीले प्रदर्शनीमा ट्रान्सफरमर मात्र राखेका छौं । विद्युतीय सामानमा ग्राहकको आकर्षण पहिलेदेखि नै हुने गर्छ । मेलाको स्टेन्टर बढ्दै गएकाले लक्षित ग्राहक पनि आउने गर्छन । मेलामा आउने भनेका निरन्तररूपमा आउने ग्राहक हुन । मार्केटिङबाट काम गरिरहेकाले कतिपय ग्राहकलाई भेट्न सकिएको हुँदैन । बर्सेनि हुने यस्ता मेलाबाट ग्राहकलाई प्रत्यक्ष रूपमा भेट गराएको हुन्छ । एक वर्षपछि चाहिने सामानलाई ग्राहकले अहिले बुक गरेका हुन्छन् । रेटिङ अनुसार सामानको मूल्य र गुणस्तर फरक फरक हुनेगर्छ । १५ सय केभीदेखि २ हजार केभीसम्मका ट्रान्सफरमर रहेका छन् ।  नयाँ प्रविधिको ट्रान्फरमर पनि निकालेका छौँ । हामीले कच्चा पदार्थ नै फिल्टर गरेर ल्याउने हुँदा सामानमा कुनै समस्या आएको छैन । 
ट्रान्सफरमरमा पाँच वर्ष ग्यारेन्टी

अभिषेक श्रेष्ठ
नेपाल एकारत इन्जिनियरिङ प्राइभेट लिमिटेड
यो प्रदर्शनी विद्युतीय महासंघले आयोजना गरेको हो । नाडा, क्यान, घरजग्गा सम्बन्धी मेलालगायतका अन्य जति पनि हुने स्क्स्पोको मुख्य उद्देश्य भनेको नेपालमा कस्ता सामान उपलब्ध छन्, नयाँ प्रविधि के आएको, के कस्ता अफर रहेका छन् भनेर एउटै छानामुनि ग्राहकलाई सबै सूचना उपलब्ध गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । नेपालीले नै बनाएको सबैभन्दा ठूलो ९ हजार केभीको ट्रान्सफरमर प्रर्दशनीमा  राखिएको छ ।  हामीले ट्रान्सफरमरमा पहिलो पटक पाँच वर्षको ग्यारेन्टको व्यवस्था गरेका छौं । ग्राहकले एलईडी बत्ती, हिटरहरु मेलाबाट लाने गर्छन भने अन्य जति पनि सामान मेलामा हेर्ने र पछि खरिद गर्ने गर्छन । मेलामा बुकिङ हुने गर्छ तर ग्राहकले बुक गरेका सामान पछि सबै किन्ने गर्छन भन्ने पनि हुँदैन । हामीले राखेका उत्पादन उच्च गुणस्तरको निक ट्रान्सफरमर हुन ।  ट्रान्सफरमरको मुल्य डेढ-दुई लाखदेखि लिएर एक करोडको रहेका छन् । एउटै छातामुनि सवै प्रकारका विद्युतीय सामान पाइने भएकाले पनि मेलामा ग्राहकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । प्रदर्शनीमा ग्राहकलाई आवश्यक पर्ने  सबै प्रकारका विद्युतीय सामान राखिएको छ । ग्राहकले आप्mनो रोजाइमा सामान खरिद गर्न सक्छन् । बजारमा भित्रिएका नयाँ नयाँ ब्रान्डका सामान समेत मेलामा राखिएको छ । सबै सामान एकै ठाउँमा पाइने भएकाले पनि मेला हेर्न आउने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । 
सस्तो मूल्यमा गुणस्तरका सामान राखेका छौं

संगित मुरारका
सुभम् इलेक्ट्रोनिकल मोनोलाइट
एकै थलोमा विद्युतीय सामानको बारेमा आमग्राहकलाई  जानकारी दिने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो । विशेषगरी मेलामा हामीले एलईडी बल्बलाई केन्द्रित गरेर सामान राखेका छौ । प्रदर्शनीमा स्टयान्डर लाइट, ट्युबलाइट, बार लाइट, टयुबक्स, प्यानललगायतका अन्य सामान राखिएको छ । साधारणभन्दा एलईडी बल्बले ८० प्रतिशत बिजुली कम खपत गर्ने गर्छ । ग्राहकको आकर्षणका रूपमा एलईडी बल्ब रहेको छ । सबै वर्गका ग्राहकलाई लक्षित गरेर हामीले सस्तो मूल्यमा उच्च गुणस्तरका सामान प्रर्दशनीमा राखेका छौं । प्रदर्शनीमा सबै ब्रान्डका विद्युतीय सामान पाउने भएकाले पनि ग्राहकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी नयाँ घर बनाउनका लागि आवश्यक पर्ने सामान हेर्नका लागि ग्राहकहरू आउने गरेका छन् । बजारमा भन्दा सस्तो मूल्यमा गुणस्तरयुक्त सामान प्रदर्शनीमा राखिएको छ ।  देशमा उत्पादन भएका तथा विदेशी विद्युतीय सामान प्रदर्शनीमा राखिएको छ । विद्युतीय बजारमा आएका नयाँ सामान तथा कम विद्युत् खपत गर्ने सामान उपयोगमा सर्वसाधारणलाई जानकारी दिन प्रदर्शनी आयोजना गरिएको हो । प्रत्येक वर्ष सञ्चालन हुने प्रर्दशनीले नयाँ नयाँ विद्युतीय सामान खरिद गर्न सहज पुग्छ । 

प्रतिक्रिया दिनुहोस्