Logo

युरोपियन युनियनको स्वास्थ्य सामग्री सहयोग

युरोपियन युनियन (ईयु) का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टालेअनुदानमा दिएको चिकित्सा सामग्री आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । इयु सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न नेपाललाई सहयोग पु¥याउन उक्त सामग्री उपलब्ध गराएका हुन् ।
सो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको ‘टिम युरोप’ को ऐक्यबद्धता रहेको बताइएको छ । राहत सामग्रीमा एन्टिजेन परिक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटुमास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामग्रीहरु रहेका छन् ।
यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भए पछि प्रदान गर्न लागिएको हो । गएका पछिल्ला हप्ताहरुमा स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले सहयोग पु¥याए लगत्तै स्लोभेनिया, अष्ट्रिया र माल्टाले नेपाललाई सामग्री प्रदान गरेर आफ्नो सद्भाव देखाएका छन् । त्यस्तै थप आपतकालीन आपूर्ति सामग्रीहरु आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाबाट पनि आउन लागेको बताइको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्लोभेनिया र अष्ट्रियाका महावाणिज्यदूत र नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिन् ।
‘‘यो महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यसो गर्न हामी जारी राख्नेछौँ । सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन,” ईयुकी राजदूत डेप्रेले भनिन् ।

प्रतिक्रिया दिनुहोस्