सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा

चन्द्रागिरि बचत तथाऋण सहकारी संस्थाले हाम्रो टेक्नोलोजी(एम.बैंक)को प्राविधिक सहयोगमा सिटी एक्सप्रेस मनीट्रान्स्फरसँग सहकार्य गरी नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैंकिङ एपबाट रेमिटान्स सेवा सुरु गरेको छ ।
अब चन्द्रागिरिका सदस्यहरुले नेपालभर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी चन्द्रागिरि मोबाइल बैंकिङ एपको प्रयोग गरी सजिलैसँग आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त सुविधाले कोरोना महामारीको जोखिम न्यूनिकरण गर्नुका साथै खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका सिटी एक्सप्रेसको १२ हजार भन्दा बढीकाउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने सहकारीले जनाएको छ ।
चन्द्रागिरिले उक्त मोबाइल बैंकिङ एपलाई चन्द्रागिरि एम सर्भिस् नामले प्लेस्टोर तथा एप स्टोरमा उपलब्ध गराएको छ । २०७५ सालमा सुरु गरिएको उक्त मोबाइल बैंकिङ सेवामा संस्थाका ५ हजार भन्दा बढी सदस्यहरु जोडिएको सहकारीले दावी गरेको छ ।