भक्तपुरको सूर्यविनायकमा प्राइम कमर्सियल बैंकको शाखा

प्राइम कमर्सियल बैंक लिमिटेडले सूर्यविनायक नगरपालिकामा आइतबारदेखि शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको भन्दै बैंकले स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यविनायकमा समुद्घाटन गरेको जनाउको छ । यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट पनि गरेको छ ।