किंग्स लाउन्जमा क्रिसमस इभमा बज्राचार्यका साथ रिदम «

किंग्स लाउन्जमा क्रिसमस इभमा बज्राचार्यका साथ रिदम

क्रिमसको पूर्वसन्ध्यामा अत्याधुनिक फेमिली रेस्टुराँ किंग्स लाउञ्जमा प्रसिद्ध गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डले लाइभ पर्फमेन्स गर्ने भएको छ । क्रिसमस तथा नयाँवर्षको उपलक्ष्यमा डिसेम्बर २४ तारिख सोमबारका दिन ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले ‘दीपक बज्राचार्य एट किंग्स लाउन्ज इनक्रिमस इभ’ आयोजना गरेको जनाएको छ ।
लाउञ्जका ग्राहकलाई पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी पुस ९ गते सोमबार साँझ ८ बजेदखि बज्राचार्यको विशेष सांगीतिक प्रस्तुति आयोजना गरिने लाउञ्जले जनाएको छ । मंगलबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खाना कापारखीहरूको विशेष जमघट हुनेछ । बज्राचार्य एन्ड रिदम ब्यान्डको प्रस्तुति हेर्नका लागि लाउन्जले विशेष पासको व्यवस्थासमेत गरेको छ । लाउन्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक–फरक स्वाद लिन पाइने लाउञ्जमा हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाइभ कन्सर्ट आयोजना हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्