एनआईसी एसिया बैंकको दुई शाखा «

एनआईसी एसिया बैंकको दुई शाखा

एनआईसी एसिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीको इनरुवानगरपालिका–१ शान्तिचोकस्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट तथा बराहक्षेत्र–१०,सुनसरीस्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट आइतबार भव्य समारोहकाबीच उद्घाटन सम्पन्न भएको नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जनाए ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरू, २ सय ८६ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्