लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने «

लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई २२ दशमलव शून्य ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिसत प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । । कोषको आव ०७३-७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो । आव ०७२-७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैया रहेकोमा आव ०७३-७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ । चालू आवको असोज मसान्तसम्ममा कोषको फन्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको पनि कम्पनीले जनाएको छ । साधारण सभाको अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आव २०७३-७४ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कोषको बचत परिचालन, लगानी व्यस्थापन, पुँजी बजार सेवा, संकटग्रस्त बैंक तथा वित्तीय संस्थामा रहेको असुलीलगायतका विषयमा भइरहेको प्रगतिको बारेमा धारणा राखे । डा.भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताउँदै कोषलाई समय सापेक्ष रुपमा अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको जानकारी पनि सो अवसरमा राखे । कोषको सेयर चुक्ता पुँजी ९० करोड रुपैयाँ कम भएको भन्ने गुनासोमा उनले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्