रुसबाट किनेर युक्रेनलाई दोब्बरमा ग्यास बिक्री गर्दै ईयू «

रुसबाट किनेर युक्रेनलाई दोब्बरमा ग्यास बिक्री गर्दै ईयू

ब्रसेल्स-नोभेम्बरमा युक्रेनले युरोपेली मुलुकबाट आयात गरेको ग्यासको मूल्य कीर्तिमानी उच्च कायम भएको स्टेट फिस्कल सर्भिसले प्रकाशित गरेको तथ्यांकले देखाएको छ । रुसबाट खरिद गरिएको ग्यास किमलाई प्रिमियम मूल्यमा बिक्री गरिएको छ ।
“कुल मूल्य लगभग प्रति हजार घन मिटरका लागि ३३९.२ डलर परेको छ,”युक्रेनको स्वतन्त्र सूचना एजेन्सीलाई उद्र्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अक्टोबरमा किभले प्रति घन मिटर ग्यासका लागि ३२३.४४ डलर तिरेका थियो । सेप्टेम्बरमा यो मूल्यमा वृद्धि भएर ३०४.३६ डलर तिरेको थियो । यो मूल्य फेब्रुअरीको २६१.१ डलरको तुलनामा ठूलो अन्तरले बढी हो । युक्रेनले ग्यासका लागि अधिक मूल्य तिरेको नेसनल सेक्यूरिटी फाउन्डेसन कोन्सटानटिन सिमनोभका प्रमुखले बताएका छन् ।
“यो मूल्य अधिक उच्च हो । यसलाई रुससँगको नजिकको दृष्टिकोणबाट हेरिनु पर्छ । भौगोलिक रुपमा युक्रेन रुसको अत्यन्त नजिक रहेको छ । उसले युरोपेली मुलुकको दाजोमा न्यून मूल्यमा ग्यास प्राप्त गर्नुपर्छ,” सिमोनोभले एक अन्तर्वार्ताको क्रममा बताएको ईयू टाइम्सले जनाएको छ ।
युक्रेनको रुससँगको कुनै पनि व्यापारिक सम्बन्ध नराख्ने किभको आधारहिन घमण्डका कारण युक्रेनले ग्यासका लागि बढी मूल्य तिर्नु परेको विश्लेषकहरुले बताएका छन् ।
“यद्यपि किभले रुसबाट युरोपमा जाने इन्धनका लागि ट्रान्जिट बन्ने विपषयमा जोड दिएको छ,” उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्