जसपाका दुवै पक्षको कारबाही अमान्य हुने आयोगको ठहर «

जसपाका दुवै पक्षको कारबाही अमान्य हुने आयोगको ठहर


निर्वाचन आयोगले जसपाका दुवै पक्षले एकअर्कालाई गरेको कारबाही मान्य हुन नसक्ने निर्णय गरेको छ । जेठ ३० मा बसेको आयोगको बैठकले दुवै पक्षले दाबी गरेजस्तो निर्णय गर्न कानुनसम्मत नहुने ठहर गरेको हो ।
राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा पदाधिकारीको हेरफेर भन्ने शब्दावली रहेको तर पदाधिकारीको निष्कासन सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगले ठहर गरेको छ ।
‘एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्कासनको कारवाही गरी अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानूनसम्मत निर्णय हो भनी मान्न मिलेन,’ आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जसपाको महन्थ ठाकुर पक्ष सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले उनलाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए भने ठाकुरले पनि यादवलाई निष्काशन गरेका थिए ।
यसबारे विवरण अद्यावधिक गर्न दुवै पक्षले आयोगमा निवेदन दिएका थिए । तर आयोगले दुवै पक्षका दाबीलाई कानुनी मान्न नसकिने भन्दै दुवै अध्यक्ष भएको तत्कालीन कार्यसमितिलाई नै मान्यता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्