जापानको जनसंख्यामा अहिलेसम्मकै ठूलो गिरावट «

जापानको जनसंख्यामा अहिलेसम्मकै ठूलो गिरावट

टोकियो-यो वर्ष जापानको जनसंख्यामा अहिलेसम्मकै ठूलो गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ ।
पाका उमेरका मानिसको संख्यामा भएको तीव्र वृद्धिको यो मुलुकमा जन्म दर पनि कीर्तिमानी न्यून कायम भएको छ । यो वर्ष जापानमा अनुमानित ९ लाख २१ हजार शीशुको जन्म भएको छ । यो संख्या अभिलेख राख्न सुरु भएको वर्ष १८९९ देखिकै कम भएको स्वास्थ मन्त्रालयले हालै सर्वाजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
२०१७ को तुलनामा नयाँ जन्म भएको शीशुको संख्यामा २५ हजारले कमी आएको छ ।
यो वर्ष मृत्यू हुने मानिसको संख्या पनि कीर्तिमानी उच्च कायम भएको छ । यो वर्ष १३ लाख ६९ हजारको मृत्यू भएको छ । यो सहित प्राकृतिक जनसंख्यामा ४ लाख ४८ हजारले कमी आएको छ । यो हालसम्मकै उच्च गिरावट हो ।
जापान ‘सुपर एज’ अर्थात पाका उमेरका मानिसको संख्या उच्च भएको मुलुक हो । यो मुलुकमा २० प्रतिशत मानिस ६५ भन्दा बढी उमेरका रहेका छन् । यो वर्ष देशको कुल जनसंख्या १२ करोड ४० लाख कायम भएको छ । आगामी २०६५ सम्ममा यसमा गिरावट आएर ८ करोड ८० लाख मात्र हुने अपेक्षा गरिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो अबेले आगामी २०६० सम्ममा जनसंख्यामा १० करोड भन्दा कम हुन नदिने इच्छा व्यक्त गरेका छन् । २०१७ मा सरकारले ३ देखि ५ वर्ष उमेरसम्मका बालबालिकाको प्रि स्कुलको खर्च र न्यून आम्दानी भएका परिवारका २ वर्ष भन्दा कम उमेरका बालबालिकाको हेरचाहका लागि २० खर्ब येन अर्थात १८ अर्ब डलर छुट्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्