सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त «

सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त

सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।
पोखरेल अहिले सिभिल बैंकमा कामू सीइओको रुपमा कार्यरत रहेका छन् । सिभिल बैंकका सीइओ गोविन्द गुरुङ म्यानमार सिटिजन्स बैंकमा सीइओ हुन गएपछि सिभिलमा सीइओ पद खाली थियो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पोखरेलसँग नेपाल तथा विदेशको बैंकमा काम गरेको अनुभव छ । पोखरेलले बैंकिङ करिअरको सुरुवात तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड)बाट गरेका थिए ।
उनीसँग एनआईसी एशिया र नबिल बैंकमा समेत काम गरेको अनुभव छ । सिभिलमा आउनु अगाडि पोखरेल म्यानमारमा रहेको बैंकमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्