कोभिड उपचार केन्द्रका लागि अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्यास सिलिण्डरसहित १ करोड बराबरको सहयोग
विदेशका रोटरीको सहयोग नेपालमा भित्रियो

सामाजिक संस्थाका रूपमा परिचित रोटरी क्बलले नेपालमा हाल कोरोना महामारीलाई रोकथाम र नियन्त्रणमा थोरै भए पनि सहयोग पुराउने उद्देश्यले विदेशबाट समेत स्वास्थ्य सामग्री भित्राएको छ । ताइवान, क्यानाडा, अमेरका, चाइना र नेपालमा रहेका रोटरीयनहरूको सहयोगमा पोखरा र काठमाडौंमा करिब १ करोड ५० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरिएको रोटरी क्लब अफ पोखराका पूर्वअध्यक्ष मिनु श्रेष्ठ कुँवरले बताइन् ।
उनका अनुसार गण्डकी प्रदेश राजधानी पोखरा क्षेत्रमा करिब १ करोड मूल्यबराबरको स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ, जसको सुरुवात शुक्रबारदेखि सुरु भएको छ । क्लवले काठामाण्डौं क्षेत्रमा पूर्वका केही जिल्ला अस्पताल जहाँ कोभिड उपचार केन्द्र छन् त्यहाँसमेत पु¥याउने गरी ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गर्ने भएको हो ।
रोटरी क्लब अफ पोखराको समन्वयमा गण्डकी प्रदेशको राजधानि पोखरा र प्रदेशका केही जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्यास सिलिण्डर सहितको स्वास्थ्य सामग्री शुक्रबार देखि पोखराबाट सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार पोखरामा आयोजित एक समारोहका बिच क्लबको समन्यवमा विदेशबाट आएको अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्याँस सिलिण्डर सहितको स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक कुँवरले जनाइन् ।
उनका अनुसार क्लबले पहिलो चरणमा पोखरा सहित मुस्ताङ जिल्ला अस्पताललाई समेत उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको हो । क्लवले पोखरासहित प्रदेशका अन्य अस्पतालहरूका लागि १ सय ५० अक्सिजन ग्याँस सिलिण्डर र १ सय २० वटा अक्सिजन कन्सन्टेटर सहयोग गर्ने भएको कार्यक्रम संयोजक समेत रहेकी पूर्व अध्यक्ष कुंवरले जनाइन् । क्लवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पतालको कोभिड उपचार केन्द्र, पोखराको सैनिक अस्पताल, कास्कीको अन्नपूर्ण गाँउपालिका, मार्दी गाउँपालिका लगायतका ठाउँमा अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्यास सिलिण्डर सहयोग प्रदान गरिएको क्लबले जनाएको छ ।
ताइवान, क्यानडा, अमेरका र चाइनाबाट प्राप्त भएको उक्त स्वास्थ्य सामाग्री हाल कोरोनाका बिरामीहरूलाई उपचारमा सहयोग पुग्ने उद्धेश्यले ल्याइएको क्लबका पूर्वगभर्नर किरणलाल श्रेष्ठले बताए । क्लबले ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर, ४७ केजी बराबरको अक्सिजन ग्याँस सिलिण्डर सहयोग गरेको हो । यसैबीच, पोखरा महानगरापालिकाका मेयर मानबहादुर जिसी, क्लबका पूर्वगर्भनर किरणलाल श्रेष्ठ, क्लबका अध्यक्ष जितेन्द्र सिग्देलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्री, रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, मुस्ताङ जिल्ला अस्पतालका लागि गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । क्लवले करिब १ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गर्ने भएको संयोजक कुँवरले दाबी गरिन् ।
क्लवको वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै गरेका बिरामी र उनका कुरुवालाई गरी करिब २ सय ५० जनालाई फलफुल वितरण गरिएको उनले जनाइन् । पहिलो चरणको कोरोना महामारीका वेला खासै ध्यान नदिएको हँुदा दोस्रो चरणको कोरोना महामारीले धेरै जनतालाई प्रभावित पारेको मेयर जिसीले बताए । प्राप्त स्वास्थ्य सामग्री सम्बन्धित अस्पतालहरूले उचित ढंगले प्रयोग गर्न आग्रह गर्दै मेयर जिसीले आफूहरूले पोखरा क्षेत्रको लागि ४ लाख खोप ल्याउने योजना बनाइ पनि केन्द्र सरकारको नियमका कारण आफूहरूले मात्र चाहेन ल्याउन असम्भव भएको जनाए ।