कोरोनामुक्त बन्यो मेन्छ्यायेम गाउँपालिका «

कोरोनामुक्त बन्यो मेन्छ्यायेम गाउँपालिका

जिल्लाकोे मेन्छ्यायेम गाउँपालिका कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टमुक्त गाउँपालिका भएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै जाँदा गाउँपालिको एन्टिजेन जाँच गर्दा १० जनामा पोजेटिभ देखिएको थियो । संक्रमित १० जना नै निको भएपछि गाउँपालिका कोरोनामुक्त भएको गाउँपालिका अध्यक्ष यादव खापुङले बताए । कोरोना नियन्त्रणका लागि गाउँपालिकाको सीमा इलाकामा सुरक्षा व्यवस्था कडाइ गर्दै बाहिरबाट आएका मानिसलाई निग्रानीमा राखी होम आइसोलेनमा सुरक्षित राखिएको र अन्य बाहिरबाट आउने मानिसलाई बाहिर नै बस्न आग्रह गर्दै स्थानीयलाई बाहिरी क्षेत्रमा नजान आग्रह गरेकाले नियन्त्रणमा आएको अध्यक्ष खापुङले बताए ।
पोजेटिभ देखिएका सबैमा स्वास्थ्य अवस्था सामान्य नै रहेका थिए । अहिले जिल्लाको छथर गाउँपालिकामा २६ जना, लालिगुराँस ४ जना, म्याङलुङमा १ सय ४८ जना, फेदापमा ५९ जना, आठराईमा ४६ जना सकृय रहेको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमका सूचना अधिकारी तोयानाथ दाहालले बताए । जिल्लामा हालसम्म आठ जनाको मृत्यृ भइसकेको छ । जिल्लामा अहिले २८३ जना सकृय संक्रमित रहेका छन् । कुल संक्रमण ६ सय ६० संक्रमितमध्ये ३ सय ५८ निको भएका घर फर्किसकेका छन् । कोरोना संक्रमण देखिएकामध्ये ११ जनालाई जिल्ला बाहिर रिफर गरिएको थियो । अहिले संस्थागत आइसोलेसनमा १८ जना होम आइसोलेसन २ सय ६५ जना गरी जम्मा २ सय ८३ जना रहेका छन् ।
कोरोना नियन्त्रणमा जिल्ला कोभिड समिति तेह्रथुमले विभिन्न सचेतनाका कार्यक्रम, आइसोलेन सेन्टरको अनुगमन, संक्रमितको अवस्था, संक्रमितहरूको व्यवस्थापनका साथै अक्सिजन प्लान्ट स्थापनाको लागि प्रकृया अगाडि बढाइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए । जिल्ला अस्पतालमा १० बेडको अक्सिजनसहितको आइसोलेन बेडको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएपछि जिल्लालाई जेठ ७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । समितिले यही ३१ गतेसम्म निषेधाज्ञा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्