ज्येष्ठ नागरिकलाई सम्मान «

ज्येष्ठ नागरिकलाई सम्मान

नेपालगञ्ज-बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ ।
यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र बाटो खर्च रु १०० प्रदान गरी सम्मान गर्नुभएको हो ।
त्यस अवसरमा अध्यक्ष कक्षपतिले गाउँपालिकाले पुस १६ देखि पालिकाको आठवटै वडाका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए।
कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले ज्येष्ठ नागरिकको सामाजिक विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्