मुख्यमन्त्रीसहित गण्डकीका पाँचको शपथ «

मुख्यमन्त्रीसहित गण्डकीका पाँचको शपथ


चौतर्फी दबाबपछि अन्ततः गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले गठबन्धन नेतृत्वका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । आफ्नो निवास अगाडि र पोखराका केही ठाउँमा आन्दोलन चर्किएसँगै प्रदेश प्रमुखले चौतर्फी आन्दोलनले गर्दा अन्ततः करिब आन्दोलन भएको दुई घण्टापछि पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्य पोखरेलले बताए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आह्वान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मात्र ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
नयाँ सरकारका लागि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ बजेसम्मको समय सिमा दिए पनि ३१ सांसदको दाबी पेश गरेको कांगेस नेतृत्वको गठबन्धनलाई कुनै जानकारी नगराए पछि सोधपुछ गर्न प्रदेश कार्यालयको निवासमा सांसदहरु पुगेका हुन् । गठबन्धनका ३१ सांसदहरु प्रदेश प्रमुख समक्ष भेट्न जान नदिएसँगै प्रहरीले अबरुद्ध गरेकोले आन्दोलन चर्किएसँगै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न बाध्य भएको गठबन्धनका एक सांसद कुमार खड्काले बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं काम चलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए । गुरुङले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थनमा आफ्नो दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
प्रदेश प्रमुखको निवासको गेट अगाडी एक स्वतन्त्र सहित ४ दलका ३१ जना सांसद स—शरीर उपस्थित भई प्रदेश प्रमुख समक्ष जान खोज्दा प्रहरीले भित्र जान नदिए पछि विधि र प्रकृयाबिरुद्ध सड्यन्त्र भएको भन्दै सांसदहरुले गेट अगाडि नै धर्ना दिएका थिए । गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै केही सांसदहरु असन्तुष्टि भएको श्रोतको दाबी छ । गठबन्धनले कांग्र्रेस १५, माओबादी केन्द्र ११, जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा २ र एक स्वतन्त्र सहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेको थियो ।
पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तिसंगै प्रदेश प्रमुख सिता कुमारी पौडेलले सपथ ग्रहण समेत गराएकी छन् । नयनियुक्त मुख्यमन्त्री पोखरेलले ५ सदस्य मन्त्रीमण्डल शनिबार नै विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलले विना विभागिय मन्त्रीमा स्वतन्त्र सांसद एवं पूर्व युृवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), माआबोदी केन्द्रकी सांसद मधु अधिकारी, जनता समाजवादी पार्टीका रामशरण आचार्यलाई मन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङ मनाङ, अधिकारी लमजुङ, आचार्य गोर्खाबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्