रुसी हतियारसँग अमेरिकाको तुलनै हुन्नः पुटिन «

रुसी हतियारसँग अमेरिकाको तुलनै हुन्नः पुटिन

मस्को-राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि विदेशी हतियार आफ्नो मुलुकको हतियारसँग तुलनै गर्न नसकिने बताएपछि पाँचौ पटक यो मुलुकले हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको छ । अमेरिकी गुप्तचर स्रोतले अमेरिकाले यस किसिमको आम नरसंहारको हतियारको प्रतिकार गर्न नसक्ने जनाएको छ । रुसको यो हतियार २०२२ देखि देशको समग्र हतियार प्रणालीमा समावेश हुने अपेक्षा गरेको डेली मेलले जनाएको छ ।
यो जहाज आधारित क्षेप्यास्त्र डिसेम्बर १० मा पछिल्लो पटक परिक्षण गरेको थियो । यसको गती म्याक ८ भएको बताइएको छ । यो गती भनेको प्रति सेकेन्ड २ माइलको हो ।
२०१५ देखिनै परिक्षण गरिदै आएको यो हतियारलाई जमिनका साथसाथै सामुद्रिक जहाजमा निशाना बनाउने सकिने भएको विषयसँग जानकार स्रोतले जनाएको छ ।
रुसको नयाँ हतियारले दसकौसम्म देशको सुरक्षा सुनिश्चित गर्ने दावी पुटिनले गरेपछिको समयमा यस्तो घोषणा भएको हो । पुटिनले रुसी हतियारसँग विदेशीको तुलनै नहुने बताएका छन् ।
पुटिनेले विशेषगरी सैन्य प्रमुखसँग मस्कोमा भएको बैठकमा नयाँ किन्जल हाइपरसोनिक क्षेपयास्त्र र अभंगार्ड हाइपरसोनिक ग्लाइड वहानको बारेमा कुरा गरेका थिए ।
किन्जललाई सेनाले पहिलेनै पुरा गरेको रक्षा मन्त्री सर्गेइ सोइगुले बताए ।
सोइगुले अभंगार्ड आगामी वर्षदेखि सेवामा प्रवेश गर्ने बताए ।
पुटिनले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली आवाजको भन्दा २० गुणा तीव्र दरमा यात्रा गर्न सक्ने यो वर्षको सुरुमा बताएका थिए । यस किसिमको प्रणालीबाट उत्तर र दक्षिणी धु्रवबाट केही मिनेटको अवधिमा क्षेप्यास्त्र लन्च पनि गर्न सकिन्छ । यो कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भेद गर्नका लागि सक्षम भएको पनि पुटिनले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्