रिचार्जर एपमा १ रुपैयाँमा क्रिसमस क्याप «

रिचार्जर एपमा १ रुपैयाँमा क्रिसमस क्याप

सबैभन्दा बढी सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेट भएको छ । साथै रिचार्जरको लोगो अंकित झन्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ ।
अफरअन्तर्गत रिचार्जरको मोबाइल एपबाट एक रुपैयाँमा क्रिसमस क्याप खरिद गर्न सकिनेछ । रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २२ तारिख शनिबारका दिन दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्ममा यो अफरअन्तर्गत क्याप अर्डर गर्नुपर्ने हुन्छ ।
त्यसैगरी ४९९ रुपैयाँमा किप्याड मोबाइल खरिद गर्न रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २३ तारिख आइतबारका दिन दिउँसो १ बजेदेखि ४ बजेसम्ममा अर्डर गर्नु पर्ने बताइएको छ ।
रिचार्जरका प्रबन्ध निर्देशक टीकाराम बुडाथोकीका अनुसार १ रुपैयाँमा क्रिसमस क्याप खरिद गर्नका लागि युजरसँग १ सय ५० क्यास व्याक प्वाइन्ट जम्मा भएको हुनुपर्छ । एप स्टोर तथा गुगल प्लेबाट रिचार्जर एप डाउनलोड गरेर खाता खोल्नासाथ एक सय क्यासव्याक पाइने बुडाथोकीले बताए । यसका अलावा जति रकमको मोबाइल रिचार्ज गरिन्छ, त्यतिनै क्यास व्याक पाइने उनले जानकारी दिए ।
त्यसै गरी ४९९ रुपैयाँमा मोबाइल खरिद गर्नका लागि ५ सय क्यासव्याक आवश्यक पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए । मोबाइल रिचार्ज गर्दा प्राप्त हुने क्यास व्याक प्वाइन्ट नो डिस्काउन्ट प्रोडक्टमा छुटका रूपमा प्रयोग गर्न सकिन्छ ।
यसका साथै रिचार्जरबाट मुलुकभरका विभिन्न रेस्टुराँहरूमा बिल भुक्तान गर्दा २० प्रतिशत छुट पाइनेछ । यो अफर किग्ंस लाउन्ज दरबारमार्ग, दरबार लाउन्ज दरबारमार्ग, जिप्सी पप ठमेल,एला लाउन्ज ललितपुर, दरबार लाउन्ज पोखरा, दरबार लाउन्ज बुटवल, हाइभ लाउन्ज केएल टावर, रोयल इम्पायर बुटिक होटल बालुवाटार, होटल लोकल सिद्धार्थनगर भैरवामा लागू हुनेछ । क्लब टट्रल लाउन्ज ठमेल तथा भिक्ट्री लाउन्ज दरबारमार्गमा प्राइभेट पार्टी बाहेकका दिनमा प्रवेश निःशुल्क हुनुका साथै बिलमा २० प्रतिशत छुट पाइनेछ ।
साथै एप्पल वल्र्ड मोबाइल दरबारमार्ग, सिटिसी मोबाइल हब सुनधारा, केल मोबाइल हब चाबहिल र सिटिभि मोबाइल पसल नम्बर ११३, ताम्राकार कम्प्लेक्समा मोबाइल सर्भिस गरी आफ्नो मोबाइलमा रिचार्जरको एकाउन्ट शो गर्दा ३० प्रतिशत छुट पाइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
२३ वर्षीय साहासी आरोही तथा रिचार्जरका ब्रान्ड एम्बेसडर नर्बिन मगरले रिचारजरका लोगो अंकित झन्डा डिसेम्बर १८ का दिन दक्षिण अमेरिकाको ६ हजार ९ सय ६२ मिटर अग्लो अकोनकागुवा शिखरमा फहराएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथासँगै ४ मुलुकका हिमशिखरमा मगरले रिचार्जरको लागो अंकित झण्डा फहराइ सकेका छन् ।
नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जरबाट विभिन्न किसिमका बिलहरू सहज रूपमा भुक्तान गर्न सकिन्छ । बिल तिर्दा तथा सामान खरिद गर्दा २० बढी वाणिज्य बैंकहरूको मोबाइल, ई–बैंकिङका साथै ई–सेवा तथा भिसा र मास्टर कार्डबाट भुक्तान गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्