रुपन्देहीको सैनामैनामा कैलाश विकास बैंकको शाखा «

रुपन्देहीको सैनामैनामा कैलाश विकास बैंकको शाखा

कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६, रामापुरमा आफ्नो ७७ औं शाखा स्थापना गरेको छ ।  यही पुस ५ गते बिहीबारदेखि कारोबार शुभारम्भ गरेका उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीको बाहुलीबाट एक समारोहकाबीच सुसम्पन्न भयो । यस नयाँ शाखासहित बैंकका ७९ शाखा सञ्चालनमा छन् भने एटीएम संख्या ३२ पुगेका छन् । बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाउँहरूमा २० भन्दा बढी शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । यस संस्थाले हालसम्म २४ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६, रामापुरमा आफ्नो ७७ औं शाखा स्थापना गरेको छ ।  यही पुस ५ गते बिहीबारदेखि कारोबार शुभारम्भ गरेका उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीको बाहुलीबाट एक समारोहकाबीच सुसम्पन्न भयो । यस नयाँ शाखासहित बैंकका ७९ शाखा सञ्चालनमा छन् भने एटीएम संख्या ३२ पुगेका छन् । बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाउँहरूमा २० भन्दा बढी शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । यस संस्थाले हालसम्म २४ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, भिसा डेबिट काडर्, सेयर लगानीकर्ताहरूको लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवालगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्