भोजपुरको बैकुन्ठेमा एनआईसी एसिया बैंकको नयाँ शाखा «

भोजपुरको बैकुन्ठेमा एनआईसी एसिया बैंकको नयाँ शाखा

एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय रामप्रसाद राई गाउँपालिका–६, भोजपुरस्थित बैकुन्ठे शाखाको रामप्रसाद राई गाउँपालिका प्रमुख विजय राईबाट शुक्रबार एक समारोहकाबीच उद्घाटन भयो । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार २ सय १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४५ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको पनि दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्