लक्की ड्रमा पहिलो हुनेलाई स्प्लेन्डर बाइक «

लक्की ड्रमा पहिलो हुनेलाई स्प्लेन्डर बाइक

मल्टिनेसनल कम्पनी फोस्टरकलार्क जुसद्वारा काठमाडौं र ललितपुरका आफ्ना होलसेल तथा खुद्रा व्यापारीलाई लक्षित गरी सञ्चालन गरिएको लक्की ‘ड्र’ कुपनको नतिजा सार्वजनिक गरेको छ ।
नेपालमा १९ वर्षदेखि बिक्री वितरण गर्दै आएको सो कम्पनीले हालै लक्की ‘ड्र’को कुपन सार्वजनिक गरेको हो । लक्की ‘ड्र’मा प्रथम हुनेले स्पेन्डर बाइक पाउने छन् । यस्तै दोस्रो हुनेले २४ इन्चको एलईडी टिभि, तेस्रो हुनेले रिफ्ररिजेटर पाँच, चौथो हुनेले कोरियन ब्लाङकेट २० थान र पाँचौं हुनेले बाल्ट्रा फ्यान १० वटा पाउने कम्पनीले जनाएको छ । विजेताले आफ्नो अर्धकट्टिसहित यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा कुपनसहित आफ्ना अधिकृत विक्रेता तथा बजार प्रतिनिधिमार्फत सम्पर्क गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्