स्वास्थ्य क्षेत्रमा एआईको प्रवेश «

स्वास्थ्य क्षेत्रमा एआईको प्रवेश

“स्वास्थ्य हेरचाहको क्षेत्रमा कृत्रिम बौद्धिकता (एआर्ई) एक सुनामी बनेर आइरहेको छ,” स्वास्थ्य हेरचाहको क्षेत्रमा क्रियाशील कम्पनी भायोमका प्रमुख कार्यकारी नवीन जैनले सीएनबीसीसँगको एक अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् । उनको यो धारणासँगै स्वास्थ्य क्षेत्रमा एआईको प्रवेश र उपयोगिताको बहस चुलिएको छ ।
एआर्ईको प्रयोगमा ध्यान दिइरहेको एक सानो कम्पनीका रूपमा हेरिएको भायोममा काईकारी जैनको भनाइलाई यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूले सही ठहर गरिरहेका छन् । त्यसैले पनि एआईको स्वास्थ्य क्षेत्रमा प्रवेशलाई स्वागत गर्दै खुला बहस हुन थालेको छ । यस विषयमा विश्वका प्रविधि साइटहरूले प्राथमिकताका साथ समाचार प्रकाशन गर्न थालेका छन् । गुगलको माउ कम्पनी अल्फाबेटका एक सेयरधनीले भनेका छन्, “जैनले ठीक भनेका छन् ।” चिकित्सा क्षेत्रमा एआर्ई नामको सुनामीको तरङ्गले सशक्त धक्का दिन सुरू गरिसकेको उनको ठहर छ ।
बितेका चार सातामा स्वास्थ्य हेरचाहको क्षेत्रमा एआर्ईको प्रयोगसँग सम्बन्धित तीन प्रमुख कोशेढुङ्गा स्थापित भइसकेको देखिएको छ । पहिलो महत्वूर्ण विषय– एक रोबोटले चिकित्सा क्षेत्रको एक राष्ट्रिय परीक्षा पास ग¥यो । नोभेम्बर ६ मा चीनको राष्ट्रिय चिकित्सा इजाजत परीक्षा (एनएमएलई) ले लिने गरेको परीक्षाबाट एक रोबोटले परीक्षा उत्तीर्ण गरेको थियो । यो यस्तो किसिमको परीक्षाबाट कुनै रोबोट उत्तीर्ण गरेको पहिलो पटक थियो । रोबोटले यो परीक्षा पास मात्र गरेन कि त्यो परीक्षामा उच्चतम अंक ३६० ल्याएको भन्दा १०० अंक बढी ४५६ अंक लिएर रोबोटले सो परीक्षा पास ग¥यो । चीनको प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईफ्लाइटेक र सिंघुवा युनिभर्सिटीले विकास गरेको सिआओई नाम गरेको रोबोटले सो परीक्षा पास गरेको हो । यी दुई संगठनका टोलीहरूले एआर्ईको गहिरो सिकाइ लघुकणको प्रयोग गरी रोबोट बनाएको थियो ।
रोबोटको परीक्षाको समाचारले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधिको विषयमा अध्ययन गर्दै आएकाहरूका लागि कान ठाडो पारिदिने काम गर्यो । जसलाई स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगको पहिलो कोशेढुंगाका रूपमा विश्लेषण गर्न थालिएको छ । चिकित्सा क्षेत्रका पाठ्यपुस्तक, क्लिनिकसम्बन्धी निर्देशिका र चिकित्सा क्षेत्रसँग सम्बन्धित मेडिकल केसका डेटाहरूलाई प्रशोधन गरेको थियो । त्यसो भए यो डाक्टर रोबोटले बिरामीको हेरचाहका लागि डाक्टरहरूले राउन्डमा जाने गरेको काम सुरू गर्न सक्ने भए त ? होइन, तर प्राविधिक रूपमा यसको प्रयोगको महत्वलाई सम्भव तुल्याएको छ । चीनको ग्रामीण क्षेत्रमा जनरल फिजिसियनहरूको धेरै आभाव छ । सिआओइले मानव चिकित्सहरूको ठाउँ नलिए पनि आईफ्लाईटेकले सन् २०१८ मा जनरल फिजिसियनको सक्षमता बढाउन सिआओइले सघाउन सक्ने गरी काम गरिरहेको छ ।
दोस्रो कोशेढुङ्गाको रूपमा न्युमोनिया निदान गर्न मानव रेडियोलजिस्टलाई एआर्ईले जितेको विषय देखा परेको हो । चीनमा एआर्ईले पाएको सफलताको एक सातापछि क्यालिफोर्नियास्थित स्टयान्डफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले अर्को ऐतिहासिक सफलता प्राप्त गरे । स्टयान्डफोर्डको सो टोलीले नोभेम्बर १४ मा अनलाइन पेपर प्रकाशित गर्यो । त्यो पेपर एआर्ई अल्गोरिदमसँग सम्बन्धित थियो । त्यसलाई चेक्सनेट भनिएको छ । चेक्सनेटले एक्स रे मेसिनले लिनेको गरेको फोटोको आधारमा चिकित्सासम्बन्धी १४ निदान प्रस्तुत ग¥यो । निदान प्रस्तुत गरिरहँदा मानव रेडियोलजिस्टलाई चेक्सनेटले जितेको थियो । न्युमोनिया रोगको पता लगाउन मानव रेडियोलजिस्टले ठीक निदान गर्ने भन्दा चेक्सनेटले उत्कृष्टता कायम गरेको थियो । नेसनल इन्स्टिच्युट अफ हेल्थ क्लिनिकल सेन्टरले सेप्टेम्बर २६ मा यो सफलता प्राप्त गरेको थियो । पछि यो सफलता सार्वजनिक गरिएको हो । एक्स रे मेसिनबाट छातीका १ लाख १२ हजार १ सय २० छवि लिइएको थियो । तिनीहरूमा कम्तीमा १४ वटा रोगसम्बन्धी अवस्था रहेका थिए ।
स्टायन्डफोर्डको मेसिन लर्निङ ग्रुपले रोगको निदान गर्नका लागि एआर्ई अल्गोरिदमको उन्नत प्रविधिको प्रयोग गर्ने कार्य तीव्र गतिमा अगाडि बढायो । समूहका सदस्यहरूले निमोनिया रोगको निदानमा ध्यान केन्द्रित गर्यो । यसो गर्नुको कारण अमेरिकामा अस्पताल भर्ना हुनेको संख्या बर्सेनी १० लाख निमोनियाका रोगी रहेको अनुमानित आँकडा रहेको छ । एक्सरेबाट लिइएको छविलाई अवलोकन गरी यो रोगको निदान गर्न यसो गरियो । केही साताको अन्तरालमा चेक्सनेटले सबै पुराना अल्गोरिदमको परीक्षण सही ढंगले गर्न सफल भयो । स्टयान्डफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिनका शीर्ष रेडियोलजिस्टहरूको भन्दा बढी प्रभावशाली ढंगले चेक्सनेटले निमोनियाको निदान गर्यो ।
एआर्ईको स्वास्थ्य क्षेत्रमा तेस्रो कोशेढुङ्गा कम्पनीहरूले एआर्ईमा आधारित ५ लाख मेडिकल डिभाइस ल्याउन प्रतिबद्धता जनाउनुलाई मानिएको छ । हालका सातामा व्यावसायिक प्रतिष्ठानहरूले एआर्ईमा आधारित डिभाइस बनाउन सक्रिय भएका छन् । नोभेम्बर २६ मा एनभीआईडीआईए र जेनरल इलेक्ट्रिकको एक विभाग जीई हेल्थकेयरले एआर्ईमा प्रविधिमा आधारित मेडिकल डिभाइस निर्माण गर्ने घोषणा गरेको छ । विज्ञहरूले यसलाई एक ठूलो सम्झौताको रूपमा लिएका छन् । जीईसँग विश्वभरमा गरी ५ लाख यस्ता फोटो लिने मेडिकल डिभाइस रहेका छन् । यी डिभाइसहरूले स्वास्थ्य हेरचाहको क्षेत्रमा राम्रा डेटा संकलन गर्न सक्छन् ।
औसत रूपमा एक अस्पतालले ५० पेटाबाइट डेटा बर्सेनी उत्पादन गर्छ । यो पेटाबाइटमा ५ करोड गिगाबाइट डेटा हुन्छन् । यस्ता डेटाको उपयोग एआर्ई प्रणालीबाट कम्तीमा ३ प्रतिशत गरिए त्यो महत्वपूर्ण हुनेछ । जीई हेल्थकेयर र एनभीआईडीआइएले संयुक्तरूपमा पहिलो परियोजना अगाडि बढाएका छन् । जसलाई रिभल्युसनरी फ्रन्टियर सीटी सिस्टम भनिएको छ । एनभीआईडीआईएद्वारा नयाँ ऊर्जाकृत एआर्ई कम्प्युटिङ प्लेटफर्मले लिभर र किड्नी आघातहरूको बारेमा राम्रो चिकित्सासम्बन्धी परिणाम दिनेछन् । यी दुई कम्पनीहरूले एआर्ईको प्रयोग चिकित्सा क्षेत्रमा तीव्रगतिमा राम्रो तथा गुणस्तर परिणाम दिन सक्ने गरी गर्ने विश्वास लिएका छन् । परिवर्तित स्वास्थ्य क्षेत्रले सौभाग्य सिर्जना गर्ने हुन् भन्ने बहस पनि अगाडि बढेको छ ।
केही साताभित्र देखिएका यी कोशेढुङ्गाले अझ धेरै राम्रा नतिजा निकाल्ने अपेक्षा गरिएको छ । एआर्ईको उपस्थितिले चिकित्सा क्षेत्रका पेशाकर्मीलाई रोगको राम्रो निदान खोज्ने र उपचार उपलब्ध गराउने विश्वास गरिएको छ । प्रविधिको विकासले निःसन्देह परिवर्तित स्वास्थ्य क्षेत्रलाई आमूल परिवर्तन गर्नेछ । तर यसका लागि यसक्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई कसरी मुनाफा दिने प्रश्न पनि उत्पन्न भएको छ । यद्यपि आइफ्लाईटेक चीनमा सार्वजनिक क्षेत्रको व्यापार गर्ने कम्पनी हो तर यो तत्काल अमेरिकाको स्टक एक्सचेन्जमा उपलब्ध छैन । अर्कोतर्फ जीई र एनभीआईडीआईए अमेरिकी लगानीकर्ताहरूका लागि विकल्पको रूपमा रहेको छ । जीई हेल्थकेयर जीईको कुल व्यवसायलाई बढाउने एक विभाग बन्ने देखिएको छ । यो विशाल कम्पनी भने अहिले समस्यामा रहेको छ । जीई धैर्य गर्ने खालका लगानीकर्ताहरूका लागि उपयुक्त हुन सक्ने देखिन्छ । यस्ता लगानीकर्ताहरूले जीईको समस्यालाई ध्यान दिँदैनन् र धैर्य गर्न सक्छन्, तिनका लागि यो फलदायी हुन सक्छ ।
एनभीआईडीआईए अझ बजारमा एआर्ई स्टकको रूपमा राम्रो अवस्थामा रहेको छ । यो कम्पनीलाई अघिको तुलनामा अहिले धेरै प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । यी तीन कोशेढुङ्गा साबित भएका प्रविधिले विशाल डेटा संकल्न गर्न सकेको छ । विज्ञहरूका अनुसार कम्पनीहरूले यी डेटाको विशाल भण्डारको प्रयोग गरी विजेता बन्न सक्ने देखिन्छ । कतिपय विज्ञले अल्फाबेट राम्रो हुने सुझाव दिएका छन् । अल्फाबेटसँग विशाल डेटाको भण्डार छ । अल्फाबेट एआर्ई विकास गर्ने कम्पनीमध्येको अगुवा कम्पनी हो । यो कम्पनीले आफ्नो विज्ञता र लगानीकर्ता कम्पनीको साथ पाइरहेको छ । लगानीकर्ताहरूले बजारमा एआर्ईको सुनामी आइरहेको तथ्य बुझ्नु पर्नेछ । उनीहरूले यसका तरङगको सवारी उपयुक्त हुने विज्ञहरूको सल्लाह छ । यस विषयमा थप अध्ययन अनुसन्धानका खबरहरू भविष्यमा पढ्न पाइने त छ नै, उपभोक्तासम्म यी प्रविधि छिटै पुग्ने अपेक्षा विज्ञहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्