सेञ्चुरी बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता «

सेञ्चुरी बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच शुक्रबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरू र ६ वटा एक्स्टेन्सन काउन्टरहरू र उपत्यका बाहिर ९५ शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टरहरू साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय २७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्