चौधरी फाउण्डेसनद्वारा वीर अस्पताललाई आईसियू वार्ड हस्तान्तरण «

चौधरी फाउण्डेसनद्वारा वीर अस्पताललाई आईसियू वार्ड हस्तान्तरण


चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पु¥याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो ।
चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुखप्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरे । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा ९ शय्या र दोस्रो तलामा ९ शय्याको गरी कुल १८ शय्याको आईसियू वार्ड निर्माण भएको छ । पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको छ । अस्पतालले यी तलामा हाल कोरोना संक्रमित विरामीहरूको उपचार सुरू गरेको छ ।
चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए । “कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षागर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध ग¥यौँ । र, आईसियू वार्ड स्थापनागर्न वीर अस्पताललाई छान्नुको उद्देश्य पनि यहि नै हो”, अध्यक्ष चौधरीले भने, “कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले विर्सिनु हुदैन । त्यसकालागिवीर अस्पताल जस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवस्यक हुन्छ ।”
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपतिप्रा. डा. देवनारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमावीर अस्पतालमा १८ शय्याको आईसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए । कोरोनाका कारण क्रिटिकल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवन रक्षामा यो आईसियू वार्ड वरदान सावित हुने विश्वास पनि उनले व्यक्त गरे ।
कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का कार्यकारी प्रमुख प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।
चौधरी फाउण्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पीसीआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो । यसगरी अस्पतालमा अक्सिजन प्लान्टको पनि निर्माण भइरहेको छ । चौधरी फाउण्डेसनको समन्वय र नविल बैंकको वित्तीय सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । आगामी केही दिनभित्रै उक्त अक्सिजन प्लान्ट पनि हस्तान्तरण गर्ने चौधरी ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्