अग्नी ग्रुपद्वारा अस्पताललाई उपकरण हस्तान्तरण «

अग्नी ग्रुपद्वारा अस्पताललाई उपकरण हस्तान्तरण

नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई १५ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ ।
कोरोना महामारी जारी रहेका बेला वीरगन्ज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक स्वास्थ्य उपकरणहरु सहयोग गरेको हो । ग्रुपले उपलब्ध गराएको ३०० केभीएको स्टेपलाइजर एक थान, २० केभिएको युपिएस एक थान र ३२६ एम्पियरको व्याट्री १६ थान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विरेन्द्र प्रधानलाई अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले सञ्चालन गरेको आईशोलेसन वार्डका लागि उपयोगीहुने क्षेत्रीले बताए । वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले अस्पतालमा नियमित विद्युत् आपूर्तिको लागि व्यवस्था गर्ने आश्वासन दिएका थिए । उनले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।
महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि चालेको हरेक कदममा विभिन्न क्षेत्रबाट सकारात्मक सहयोग जुट्ने गरेको छ । जसले गर्दा कोभिडको सबैभन्दा उच्च जोखिममा रहेको वीरगन्जलाई अहिले विस्तारै सामान्य अवस्थामा ल्याउनलाई सहज हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्