Logo

ओप्पोको नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निर्माण प्रक्रियामा गति

ओपोले रियल–टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ ।
आफ्नै इन–हाउस एआई ईञ्जिनको प्रयोगमार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको हो । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजता पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्समार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको जनाएको छ ।
डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि व्यावसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ । तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा वृहत सहजता भित्र्याएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोनमार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन् ।
निरन्तर–विकासित एआई इञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले वृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमूना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ । यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेस गर्ने क्षमता राख्ने बताइएको छ । यो पछिल्लो संस्करणसँग तुलनागर्दा ४ गुणा तीव्र गति हो ।
यसरी स्क्यान गरिएका ईन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम् थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ । ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय बस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन् ।
ओपोको स्वामित्वमा रहेको आरएलओसीएस भिज्यूअल पोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ। यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्शनको एक समुहले गरेको हो। यसको शैक्षिक प्रयोग पनि ब्यापकरुपमा गरिन थालिएको छ ।
सन् २०२०को यूरोपियन कन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर २०२०)मा उक्त समूहले लंग–टर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दुई एवार्ड हात पारेको थियो ।
प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले ६डीओएफ एस्टिमेशनको प्रयोग गरेको छ। यसले गर्दा प्रयोगकर्तालाई कुनैपनि एंगल वा पोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ। प्रयोगकर्ताले लक्षित बस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्सआई भ्यूका लागि निहुरिन तथा तलबाट माथिको दृष्यका लागि थचक्क बस्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्