निक इलेक्ट्रो टेक सुरु «

निक इलेक्ट्रो टेक सुरु

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित निक इलेक्ट्रो टेक २०१८ सुरु भएको छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित निक इलेक्ट्रो टेक २०१८ सुरु भएको छ । विद्युतीय उपकरणहरूको प्रदर्शनी गर्न नेपाल विद्युतीय व्यवसायी महासघंको आयोजनामा राजधानीको भृकुटीमण्डपमा पाँच दिने नवौं टेक शुक्रबारदेखि सुरु भएको हो । प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वदेशी विद्युत् उपकरण प्रयोगमा सरकारले प्रोत्साहन दिने बताए । नेपाली उत्पादन गुणस्तरीय भएमा विदेशबाट हुने आयात प्रतिस्थापन गर्न सकिने बताउँदै उनले सम्भव भएसम्मका नेपाली ट्रान्सफर्मर लगायतका उपकरण खपत गरिने योजना सरकारको रहेको बताए । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष शेखर गोल्छाले ऊर्जामा देखिएको आयातलाई घटाएर आन्तरिक रूपमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने बताए । महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कम विद्युत् गर्ने एलइडीलगायतका बल्बहरू उपयोगका लागि सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले निक ट्रान्सफर्मर भुटानसम्म पुगेको बताउँदै स्वदेशी उत्पादनका लागि विशेष प्राथमिकता दिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा उत्पादन भएका विद्युतीय सामग्री प्रवद्र्धन र खपतका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए । इलेक्ट्रो टेक प्रदर्शनीका संयोजक सुदर्शनप्रसाद पौडेलले लोडसेडिङ अन्त्यपछि विद्युतीय उकरणको आयात तथा बिक्री बजार बढेको बताए । 

प्रतिक्रिया दिनुहोस्