क्यानडा र अमेरिकाको चीनलाई चेतावनी «

क्यानडा र अमेरिकाको चीनलाई चेतावनी

ओटावा-क्यानेडियन नागरिकको रिहाईको विषयलाई लिएर चीनमाथि लगातार दबाब बढ्दै गएको छ । अमेरिका तथा क्यानडाले चीनलाई दुई क्यानेडियन नागरिकलाई तत्काल रिहा गर्नका लागि चेतावनी दिएका छन् । अमेरिकाको आग्रहमा पछिल्लो समयमा क्यानडाको भ्यानकुभरमा एक चिनियाँ कम्पनीका वरिष्ठ महिला अधिकारीको गिरफ्तारिपछि चीनले क्यानडाका पूर्व कुटनीतिज्ञ समेत रहेको दुई नागरिकलाई गिरफ्तार गरेको थियो ।
यसैबीच युरोपेली संघ पनि क्यानडाको समर्थनमा देखिएको छ । दुई नागरिकको गिरफ्तारीको मामिलामा ईयूले क्यानडाको समर्थन गरेको बताइएको छ । क्यानडाकी विदेश मन्त्री क्रिस्टिया फ्रिल्यान्डे भनेकि छन्,“हामी दुई क्यानेडेली नागरिककलाई मनोमानी ढंगबाट गरिएको गिरफ्तारिको विषयलाई लिएर चिन्तित छौ ।”
यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पालाडिनोले पनि चीनसँग क्यानडाका दुई नागरिकको रिहाईको माग गरेका छन् ।
विदेश मामिला सम्बन्धि युरोपेली संघका उच्च प्रतिनिधि फेईका मोघरिनीले पनि क्यानेडियन नागरिकको रिहाईको विषयलाई लिएर आपूmले क्यानडा सरकारको प्रयासको समर्थन गर्ने बताएकि छन् ।
चिनियाँ कम्पनी हुवावेको प्रमुख वित्त अधिकारी मेङलाई भ्यानकुभरमा गरिएको गिरफ्तारिपछि चीनले पनि १० डिसेम्बरमा क्यानडाका पूर्व कुटनीतिक माइकल कोभरिङ तथा बिजनेस सल्लाहकार माइक स्पेभरलाई हिरासतमा लिएको थियो । क्यानडा तथा अमेरिकाले चीनको यस किसिमको कदमलाई बदलाको कारबाहीको संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्