निषेधाज्ञामा औषधी आयात उच्च «

निषेधाज्ञामा औषधी आयात उच्च


निषेधाज्ञाको अवधिमा ११ अर्ब रुपैयाँ बराबरको तयारी औषधीसहितको कच्चा पदार्थ आयात भएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि बजारमा औषधीको माग बढेकाले पनि सबै भन्दा धेरै औषधी आयात भएको हो । दोस्रो लहरको कोरोना भाइरस महामारीका कारण गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाबीच करिब साढे ६ अर्ब रुपैयाँ बराबरको औषधीजन्य पदार्थ आयात भएको उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले कोरोना नियन्त्रण गर्नका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो । निषेधाज्ञाकै बीच वैशाख १६ गतेदेखि जेठ २३ गतेसम्ममा ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको औषधीजन्य पदार्थ आयात भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा ४ अर्ब ९६ करोड १७ लाख रुपैयाँको तयारी औषधी आयात भएको छ । यस्तै १ अर्ब ४९ करोड ५ लाख रुपैयाँको औषधीको कच्चा पदार्थ आयात भएको छ । निषेधाज्ञाकै बीचमा खाद्यान्न, दाल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोल उल्लेख्य रुपमा आयात भएको मन्त्रालयको तथ्याङक छ । सो अवधिमा २ लाख ६७ हजार ४ सय ५ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
त्यस्तै, सोही अवधिमा २९ हजार ८ सय ४५ मेट्रिक टन दाल÷गेडागुडी, ४६ हजार १ सय ४५ मेट्रिक टन तरकारी, ३१ हजार ४ सय ४ मेट्रिक टन फलफूल, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल आयात भएको भएको छ ।
सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २ लाख ६९ हजार ९५ क्विन्टल खाद्यान्न मौज्दात रहेको रहेको मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको अवधिमा खाद्य कम्पनीको विभिन्न बिक्री कक्ष तथा कार्यालयबाट १ लाख ९० हजार ३३ क्वीन्टल खाद्यान्न बिक्री भएको छ । यस्तै सुगम जिल्लाहरूमा ८१ हजार ३ सय ६ क्वीन्टल र २४ जिल्लाहरूमा १ लाख ९ हजार ४ सय २७ क्वीन्टल खाद्यान्न बिक्री भएको मन्त्रालयले उल्लेख गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ९ सय ६४ मेट्रिक टन मौज्दात रहेको जानकारी दिएको छ । पर्याप्त मौज्दात रहेकाले नुनको अभाव नहुने कर्पाेरेशनले जानकारी दिए ।
त्यस्तै कर्पोरेशनसँग ६ सय ९९ मेट्रिक टन चिनी मौज्दात रहेको छ भने निजी क्षेत्रसँग २१ हजार ५७ मेट्रिक टन चिनी मौज्दात रहेको छ । यस्तै, पेट्रोलियम पदार्थमा हाल निगमसँग ४७ हजार ३ सय ८५ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात छ । मन्त्रालका अनुसार १ गतेदेखि २३ सम्ममा १९ हजार ३ सय ३२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ७९ किलोलिटर डिजेल, १२ सय ९२ किलोलिटर मट्टीतेल, १ सय ५२ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
यसैगरी सोही अवधिमा १९ हजार ३ सय ८२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ३४ किलोलिटर डिजेल, ११ सय ९ किलोेलिटर मट्टीतेल, ११ सय ४ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास बिक्री भएको तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस्