सुनामीबाट इन्डोनेसियामा ४३ को मृत्यू «

सुनामीबाट इन्डोनेसियामा ४३ को मृत्यू

जकार्ता-इन्डोनेसियामा आएको सुनामीका कारण ४३ जनाको मृत्यू भएको छ । सरकारका अनुसार कम्तीमा पनि ६ सय मानिस घाइते भएका छन् भने कैर्या व्यक्ति बेपत्ता भएका छन् । प्रभावित क्षेत्रमा अझैपनि आपतकालिन सेवा पु¥याउने प्रयास भइरहेको छ ।
देशको आपतकालिन निकायले दर्जनौ भवनमा क्षति पुगेको जनाएको छ । क्रेकाटोआ ज्वालामुखी विष्फोट भएपछि समुद्राको भित्र भएका भुस्खलनका कारण सुनामी आएको अनुमान लगाइएको छ ।
धेरै मृत्यू हुने क्षेत्रमा पंडेग्लाङ, दक्षिणी लाङपुङ तथा सेराङ रहेका छन् । मृत्यू हुने मानिसको संख्यामा अझै वृद्धि हुन सक्ने अनुमान अपातकालिन सेवा प्रदान गर्ने निकायले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्