मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान «

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्