टिभिएस एनटर्क अन्तर्राष्ट्रिय बजारमा १ लाखप्रति बिक्रि «

टिभिएस एनटर्क अन्तर्राष्ट्रिय बजारमा १ लाखप्रति बिक्रि

विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५,जसको स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिव्रmीको लक्ष्यपार गरेको छ ।
सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरू गरिएको थियो । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा अवस्थित छ ।
“हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिव्रmीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौं । यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको थियो” टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ श्री के एन राधाकृष्णनले भने, “स्कुटरको स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्चप्रदर्शन भएको टिभियस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता हो। यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।”
टिभिएसएनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ र यो रेस ट्युन्डको साथ सुसज्जित पहिलो स्कुटर रहेको कम्पनीको दावी छ । यस स्कुटरले एक्स्क्ल्युसिभ टिभियस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्ने बताइएको छ ।
टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्