फोहोर व्यवस्थापन बिल खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने «

फोहोर व्यवस्थापन बिल खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिनाकुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ ।
आगामी दिनमा चाँडै नै थप कम्पनीहरुसँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्तीमार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहोरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्