जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना «

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना


पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।
क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन सुरु गरेको क्लबका अध्यक्ष राजन श्रेष्ठले बताए । खाना पकाउनेसहित पहिलो दिनमा २ सय ५० जनालाई खाना खुवाइको बताएका उनले बेलुका करिब ७ः०० बजेतिर पनि खानाको व्यबस्था गर्ने जनाए । जीएमसीमा हाल कोरोनाको दैनिक १५ हजारसम्म निःशुल्क उपचार हुने भएकाले र अस्पतालमा रहेको क्यान्टिन समेत हाल बन्द भएकोले गर्दा आफूहरूले जीएमसीमा नै खानाको व्यबस्था गरेको अध्यक्ष श्रेष्ठले दाबी गरे । केही समयअघि आफैं कोरोना संक्रमित भई निको भएका अध्यक्षले प्याकिङ खाना जीएमसीको क्यान्टिनको टेवलसम्म पु¥याउने काम गरेका छन् ।
क्लबले बिहान दालभात तरकारीको साथमा अण्डा दिने गरेको छ भने बेलुका भने दाल भात तरकारीको साथमा कुखुराको मासुसमेत दिने भएको श्रेष्ठले जनाए । क्लवले निःशुल्क खाना खुवाउने अभियान सुरु गरेसँगै केही सहयोग समेत प्राप्त हुन थालेको उनले जनाए । तमु परिवार न्युयोर्क इन्कबाट ५० हजार, नेपाली कांग्रेस नेतृ सरस्वती गुरुङबाट १० हजार लगायतको सहयोग जुट्न थालेको अध्यक्ष श्रेष्ठले जनाए । क्लबले गत वर्षको कोरोना महामारीमा २० दिनसम्म तेर्सापट्टीबाट निःशुल्क खाना वितरण गरेको थियो । साथै क्लवले बतास फाउण्डेसनको सक्रियातमा सुरु भएको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा रकम उठाउनसेमत सुरु गरेको छ ।
यसैबीच, विवेकशील साझा पार्टीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन निःशुल्क खाना खुवाउन सुरु गरेसँगै जिल्ला प्रशासन कार्यालय कस्कीले कोरोना शंक्रमण फैलिन सक्ने भन्दै रोक्न निर्देशन दिएसंगै विवेकशीलले खाना वितरण स्थगित गरेको छ । कोरोनाले गर्दा पोखरासहित कास्कीमा निषेधाज्ञा भएको करिब डेढ महिना भएकाले धेरै क्षेत्रमा खाद्य सामग्रीको माग भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्