खाद्यान्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत «

खाद्यान्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत


कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर जुम्लामा खाद्यान्मा २० प्रतिशत छुट दिदा विपन्नलाई राहत मिलेको छ । बजारमा कालोबजारी र मंहगी बढेपछि मर्कामा परेका सर्वधारणलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा जुम्लाले खाद्यान्नमा २० प्रतिशत छुट दिएपछि राहत महसुश गरेका हुन् ।
गत वर्ष १० प्रतिशत छुट दिएको खाध संस्थानले यश वर्ष सरकारले कर्णालीमा खाधन्नमा थप सहुलियत र छुट दिने कार्यक्रम ल्याएसँगै जुम्लामा कार्यान्वयन भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सहुलियतको जुम्लामा कार्यान्वयन भएको हो ।
अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण सार्वजानिक गरेको हो ।
सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएबमोजिम खाद्यान्नमा २० प्रतिशत छुट रकम कार्यान्वयनमा ल्याएको शाखा प्रमुख तिलक सुनारले बताए ।
उनले भने, “सहुलियत दरमा उपलब्ध गराइएको खाद्यान्न सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण र प्रतिपरिवार १ बोरा चामल मात्र उपलब्ध हुनेछ ।”
बजेटमा निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा ग्यासमा २० प्रतिशत छुट दिने खाध प्रमुख सुनारले उनको भनाइ छ ।
छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाइ मानी सहुलियत सामग्री पहिलो पटक १ महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियतमा उपलब्ध गराउने निर्णय भएको प्रमुख सुनारले बताए । जेठ २१ गतेदेखि सुरू भएको छुट सुविधा निषेधाज्ञा अविधभर लागू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्