कांग्रेस महासमितिमा विधान संशोधन प्रस्ताव पेश «

कांग्रेस महासमितिमा विधान संशोधन प्रस्ताव पेश

नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपरान्ह प्रस्ताव प्रस्तुत गरेका हुन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँड्ने कामसमेत जारी रहेको राससलाई जानकारी दिए । प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ । महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ ।
गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ । केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्