‘विमानस्थलका कमी कमजोरी सुधार गर्छौं’ «

‘विमानस्थलका कमी कमजोरी सुधार गर्छौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीलाई सुधार गर्दै जाने बताएका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने बताए । उनले भने, “पहिले त जताततै फोहोर थियो । डेकोरेसनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।” उनले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर विस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताए । विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्