भोक र भोकसँग लडेका चेपाङलाई खाद्यान्न सहयोग «

भोक र भोकसँग लडेका चेपाङलाई खाद्यान्न सहयोग

खाद्यन्न अभावमा जंगली खाने चिज गिठ्ठा सिस्नुलगायतका खाद्य वस्तुको जोहो गर्दै आएका बेनीघाट रोराङ गाउँपालिका–८ कय यारवाङ, भारिङटार, जिरवाङ, केत्तुङ, दुङवाङ, धाङमाङ, साचाक, मिजार गाउँ र वरपुरलगायतका गाँउमा विभिन्न मनकारी व्यक्तिहरू र संघ–संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्य सामग्री वितरण गरेका छन् । जेठ २० गते कारोबार दैनिक र त्यसपछि विभिन्न पत्रपत्रिका अनलाइनमा समाचार आएपछि कोरोना संक्रमण फैलन नदिन गरिएको निषेधाज्ञा कै बीच खाद्य अभाव भएका वस्तीमै पुगेर खाद्यन्न सामग्री चामल, दाल, तेल नुन चिउरा बाढेका छन् ।
बुधवार मात्र पाइलटहरूको समूहले विदाङमा पुगेर दुङवाङ, धाङमाङ, साचाक, मिजार गाउँ र वरपुर वस्तीका १ सय २० परिवारलाई चालम, दाल, नुन, तेल, चिउरा, सावुन खाद्य सामग्री वितरण गरेकय हुन् । पाइलटहरू रमेश श्रेष्ठ, प्रमोद पौडेल, श्यामकृष्ण ढेवाजु, रोसश केसी र श्याङ्गे लामासहित गुणराज प्याकुरेल र कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ फाउन्डेसनकी लिला मास्के एंव अन्य व्यक्तिहरूको सहयोगमा १ सय २० परिवारलाई खाद्यान्न सहयोग गरेको माइलट रमेश श्रेष्ठले बताए ।
खाद्यान्न बुझ्नेहरूले पनि केही दिनलाई खाने चीज पाएकोमा खुसी व्यक्त गरे । यसअघि सोमबार वडा नं. ८ कै यारवाङ, भारिङटार, जिरवाङ, केत्तुङका १ सय ५० परिवारलाई गाउँमै पुगेर खाद्यन्न सामग्री सहयोग गरेको थियो । नेसनल माइक्रो फाइनान्सले १ सय परिवारलाई, मितेरी फाउण्डेसन चितवन र धादिङबेंसीका व्यावसायीहरूले ५० परिवारलाई चामल, दाल नुन, तेल वितरण गरेका थिए । यसैगरी शनिबार वडा नं. ६ को दुई २७ परिवारलाई मितेरी फाउन्डेनस र धादिङबेंसीका व्यवसायीहरूले चामल, नुन, दाल तेल गाउँमै पुगेर वितरण गरेका थिए ।
वडाका जनताहरू खाद्यान्न अभावले कष्टकर जीवनयापन गरेका वेला सहयोगीहरूले गाउँसम्म आएर खाद्यन्न समाग्री वितरण गरेकोमा खुसी लागेको वडा नं ६ का अध्यक्ष वीरबहादुर श्रेष्ठले बताए । अझ केही परिवार छुटेका छन् कसरी व्यवस्थापन गर्ने हो चिन्ता लागेको उनले बताए । यसअघि भोक र रागसंग लड्दै चेपाङ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्