विभिन्न क्षेत्रका २६ व्यक्ति सम्मानित «

विभिन्न क्षेत्रका २६ व्यक्ति सम्मानित

नागरिक एकता समाजले मुलुक निर्माणमा सहयोग पु-याउने विभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई सम्मान गरेको छ ।
समाजद्वारा यहाँ शनिबार आयोजित ‘मुलुकको आर्थिक समृद्धि र सहकार्य राष्ट्रका लागि अपरिहार्य’ विषयक अन्तरक्रिया, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र धनुषा डिष्टिलरी प्रालिका अध्यक्ष किशनकुमार धनावतलगायतलाई सम्मान गरे ।त्यसैगरी समाजले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम श्रेष्ठ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी अधिकृत नरेन्द्र मिश्र, सञ्चारिका समूहकी सचिव यशोदा अधिकारी र नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानका महासचिव खेम तिरुवालगायत २६ जनालाई सम्मान गरेको हो ।
सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलहरुलाई आग्रह गरे । समाजका अध्यक्ष सीताराम कार्कीले देश निर्माणका लागि वर्तमान सरकारलाई राम्रो अवसरमा भएको भन्दै मुलुकको आर्थिक विकासमा केन्द्रित हुन सरकारलाई अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्