महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने «

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्तको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभामा कम्पनीका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्तापुँजी रहेको उक्त कम्पनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पनि पारित गरेको छ ।
प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पुँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ । कम्पनीकोे चुक्तापुँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुलकर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । त्यस्तै सो अवसरमा कम्पनीले १०० वटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीमार्फत करीब १ लाख ४० हजार ग्राहकहरुलाई सेवा प्रदान जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्