खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा एक सय रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटले खल्तीखाता बैंक लिंक गरेमा एक सय रूपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवामार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
खल्ती बैंक डायरेक्ट सेवामार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा एक सय रूपैयाँ प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ ।
उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केही सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिने कम्पनीको भनाइ छ ।
खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले भने, “हामीले महामारीलाई मध्यनजर गरी यो सहज सेवाको प्रयोगको लागि प्रोत्साहित गर्न बोनस अफर ल्याएका हौँ । खल्तीसँग बैंक लिंक गरे पश्चात ग्राहकहरुले घरिघरि लोड गर्न पर्ने झन्झट बाट मुक्त हुनेछन् र भुक्तानीको साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा कही सेकेण्डमै रकम ट्रान्सफर गर्न सक्नेछन् । यो हाम्रा प्रयोग गर्दै आएका ग्राहकहरुको सबै भन्दा मनपरेको भुक्तानी सहर्ज गर्ने सेवा हो ।”
आफ्नो बैंक अकाउन्ट खल्तीसँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ । यसका लागि खल्तीको होम स्क्रिनमा देखाइएको ‘लिंक बैंक नाउ’ मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ । त्यसपश्चात आवश्यक सबै विवरणहरु भरेर रजिस्टर गरिएको मोबाइलमा ओटिपी पासवोर्ड पाइन्छ । उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक गर्न सकिने खल्तीले जनाएको छ ।
१७ लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्तीले विगत चार वर्षदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पु¥याउँदै आएको दावी गरेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै विभिन्न सेवा प्रदायकहरुको शुल्क र इकमर्शमार्फत खरिद गरिएका सामग्रीको बिल भुक्तानी पनि गर्न सकिने कक्पनीले जानकारी दिएको छ ।