होण्डाको सीबी ३५० डीएक्सएल मोटरसाइकल नेपालमा «

होण्डाको सीबी ३५० डीएक्सएल मोटरसाइकल नेपालमा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० डीएक्सएल नेपाली बजारका बिक्री सुरू गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत सो मोटरसाइकलको सार्वजनिक गरिएको हो ।
नेपालमा होण्डाको सीबी मोडलका मोटरसाइकलहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी ३५० डीएक्सएलले पनि नेपालीहरुमाझ छुट्टै पहिचान बनाउनेमा विस्वस्त रहेको होण्डा कम्पनीले जनाएको छ ।
३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने मोटरसाइकल पारखीहरुका लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको बताइएको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइकसिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता सो मोटरसाइकलका विशेषता रहेको बताइएको छ ।
नेपाली बजारमा यस सीबी ३५० डीएक्सएलको मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्